ओझेल भित्रका सचेतना अभियान
No icon

एम.जी क्लबको स्त्री रोग सम्बन्धि स्वास्थ्य परामर्श कार्यक्रम

सम्पूर्ण युवा एक हौ समृद्ध समाज बनाऔ भन्ने अभियानका साथ सामाजिक कार्यमा जुटेका बुटवल ११ एम.जी. क्लबले महिला दिदी बहिनीहरुका लागि स्त्री रोग सम्बन्धि विशेषज्ञ डा.ज्योती राना मगरबाट स्वास्थ्य परामर्श कार्यक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रममा विशेष गरी महिलाहरुलाई पाठेघर र स्तन क्यान्सर सम्बन्धि लाग्ने रोगबारे डा.ज्योती रानाले स्पष्ट पारेका थिए । साथै महिलाहरुमा हुने स्तन र पाठेघरमा क्यान्सर रोग लाग्दा देखिने लक्षणहरु समयमै रोकथाम गर्न सकियो भने त्यसबाट हुने मृत्युदरलाई कम गर्न सकिन्छ भन्दै महिला दिदी बहिनीहरुलाई  सुझाब दिएका छन् । कार्यक्रम स्त्री रोग सम्बन्धि स्वास्थ्य परामर्श रहेको हुनाले एम.जी महिला लगायत अन्य महिलाहरुको पनि बाक्लो उपस्थिती रहेको थियो । यसैगरी क्लबका अध्यक्ष राम बहादुर सिंजालीले कार्यक्रमको बारेमा स्पष्ट पारेका थिए । त्यसै गरी नारीहरुको महान पर्व हरितालिका तिज पनि नजिकै आइरहेको हुँदा क्लबले महिला दिदी बहिनीहरुलाई दर खुवाउने कार्यक्रम पनि रहेको थियो ।

सो कार्यक्रममा प्रमुख अतिथि डा.ज्योती राना मगर पनि तिजको गितमा एम.जी. महिला दिदि बहिनीहरुसँग छमछमी नाचेका थिए । कार्यक्रम  राम बहादुर सिंजालीको अध्यक्षतामा प्रमुख अतिथि स्त्री रोग विशेषज्ञ डा. ज्योती राना मगर रहेका थिए साथै अतिथिहरु क्लबका सल्लाहकार उद्योगी गम प्रसाद रेश्मी,उद्योगी मिन बहादुर पुन, व्यवसायी प्रेम आले लगायत क्लबका मार्ग दर्शक बसन्त थापा चर्ति, संस्थापक अध्यक्ष तुल बहादुर सारु, निवर्तमान अध्यक्ष श्रीधर अर्घाली, प्रेश सल्लाहकार चन्द्रा थापा रक एम.जी.महिला समुह अध्यक्ष सिता गाहा रहेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य  क्लबका वरिष्ठ उपाध्यक्ष ओम सारुको रहेको थियो भने कार्यक्रम सञ्चालन क्लबका महासचिव निल बहादुर कँवरले गरेका थिए ।
 

Comment As:

Comment (0)