ओझेल भित्रका सचेतना अभियान
No icon

आम्दा अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा राजेन्द्र बस्यालमाथि कुटपिट

आम्दा अस्पतालमा बिरामीको मृत्युको विषयलाई लिएर छलफल भैरहेको समयमा मँगलबार अस्पतालकाे मेडिकल सुपेरिटेन्डेन डा.राजेन्द्र बस्यालमाथि कुटपिट भएको छ ।

गुल्मी सत्यवती गाउँपालिका ठूलो लुम्पेककी ३२ वर्षीया भवानी रास्कोटीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले जानकारी दिए । प्रसुती गराउने क्रममा शिशु सकुशल जन्मे पनि आमाको मृत्यु भएपछि आफन्तहरुले विरोध जनाएका थिए । बिरामीको मृत्यु भएपछि अस्पतालका मेसु बस्यालसहित मेट्रोन सुशिला विश्वकर्मा र प्रशासकीय अधिकृत खगेन्द्र क्षेत्री आफनतहरुसँग मँगलबार छलफलकै क्रममा रातको करिब पौने २ बजे करिब १२ र १३ जनाको समुहले एक्कासी गरेका थिए ।

अस्पतालका प्रशासकीय अधिकृत खत्रीका अनुसार मंसिर ११ गते अप्रेशन गरि भवानीले स्वस्थ बच्चा जन्माएकी थिईन भने आमाको स्वास्थ्य अवस्था पनि सामान्य नै थियो । अर्को दिन उनलाई पोष्ट अप्रेटिव वार्डमा राखिएको थियो । आमा र बच्चा दुबैको अवस्था ठिक भए पनि मंसिर १२ गते मँगलबार आमाको स्वास्थ्यमा एक्कासी समस्या देखिएको थियो । भोलि पल्ट १२ गते दिनको १ बजेर ५० मिनेटमा मृत घोषणा मृत घोषणा गरिएको थियो ।

कुटपिटबाट घाइते बस्याललाई बुटवलकै लुम्बिनी प्रादेशिक अस्पतालको आईसियू कक्षमा उपचार भैरहेको अस्पताल स्रोतले जनाएको छ। आइसियूमा उपचाररत डा. बस्यालको स्वास्थ्य अवस्था अहिले खतरामुक्त र स्थिर रहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा.सुदर्शन थापाले जानकारी दिए ।

मृतकका श्रीमान निशान थापाका अनुसार अस्पताल प्रशासनले आफूहरुको मागलाई बेवास्ता गरेका कारण यस्तो घटना सिर्जना भएको बताए ।

Comment As:

Comment (0)