ओझेल भित्रका सचेतना अभियान
No icon

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुने मन्त्रिपरिषद्धकाे निर्णय

बुधबार बसेको मन्त्रिपरिषद्ध बैठकले राष्ट्रियसभाको रिक्त हुने पदमा माघ ११ गते निर्वाचन गर्ने निर्णय भएको छ। सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माका अनुसार आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगसँगको परामर्शको आधारमा मिति निर्धारण गरिएको उनको भनाइ छ । 

आगामी फागुन २० गते राष्ट्रिय सभामा १९ सांसदको पद रिक्त हुँदै छ । राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

आगामी फागुन २० मा एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिन लागेको हो । पदावधि सकिनेमा राष्ट्रियसभाका अध्यक्ष, राज्यमन्त्री, विभिन्न पार्टीका संसदीय दलका पदाधिकारीको समेत रहेका छन् ।

Comment As:

Comment (0)