ओझेल भित्रका सचेतना अभियान
No icon

‘मध्यपहाडी लोकमार्ग अभियान’को उद्घाटन आजबाट ओलीले गर्दै

नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘मध्यपहाडी लोकमार्ग अभियान’को उद्घाटन आजबाट सुरु हुदैँछ । बिहान ८ः३० बजे बैतडीको झुलाघाटबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने एमालेले जनाएको छ ।

एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्राको अध्यक्ष ओलीले झुलाघाटमा झण्डोत्तलन गरेपछि अभियानको सुरुआत हुनेछ । पहिलो दिनको सभा बैतडीको गोठालापानीमा गर्ने तय भएको छ ।

दोस्रो दिनको सभा सिलगढी, तेस्रो दिनको सभा मंगलसेनमा हुने एमालेले जनाएको छ । अभियान पाँचथरको चिवाभज्याङमा समापन हुनेछ । एमाले पुस २ गते काठमाडौं फर्कनेछ भने पुस ५ गते यात्रा सकिएको घोषणा गर्ने तयारी गरेको छ ।

राष्ट्रिय एकताको आधार निर्माण गर्न अभियान चलाउनु परेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । पहाड समृद्ध नभई मुलुक समृद्ध नहुने भएकाले अभियान चलाउन थालिएको उनको भनाइ छ।

Comment As:

Comment (0)