ओझेल भित्रका सचेतना अभियान
No icon

एम.जी. क्लवले मगर संघ स्थापना दिवसकाे पूर्व सन्ध्यामा गर्याे साँस्कृतिक साँझ तथा भेटघाट कार्यक्रम

बुटवल ११ एम.जी. क्लवले प्रत्येक वर्ष मनाउदै आइरहेको ४२ अाैं नेपाल मगर संघ स्थापना दिवस फागुन १५ को पूर्व सन्ध्यामा १२ गते शनिबारको दिन भव्यताका साथ कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा क्लवले मगर मौलिक खानाको साथै मनोरञ्जनात्मक साँस्कृतिक साँझ लगायत व्यव्सायिक भेटघाट कार्यक्रम गरेको थियो । 

उक्त कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ति मगरले बोल्दै मगरहरुले समाजसेवामा ठूलो योगदान दिएपनि राजनितीक क्षेत्रमा विकास गर्न सकेनन् भन्दै मगरको इमान्दारितालाई राज्यले दुरुपयोग गरेको बताए । यसैगरी मगरलाई राज्यले पछाडी पार्नुको साथै हिजो मगरहरुलाई राज्य सत्ताको पहुँच नदिएको हो भन्ने ठोकुवा पनि गरे ।

साथै मगरहरुको वास्तविक पहिचान स्वाभिमान हो भन्दै "बिचारमा स्वाभिमान, ब्यवहारमा इमान जोगाउन सकियो भने मगर समुदायहरु अगाडी बढ्न सक्छन्" भन्दै एम.जी. क्लवलाई पनि सामाजिक, आर्थिक र राजनितिक क्षेत्रबाट अगाडी बढ्न सुझाव दिएका छन् । 

यसैगरी विशिष्ट अतिथि नेपाल मगर संघको केन्द्रिय सह-अध्यक्ष दल बहादुर विरकट्टाले एम.जी. क्लवले गरेको सामाजिक गतिविधिबारे धन्यवाद ब्यक्त गर्दै अब हामीले हाम्रो इतिहास बुझेनौं भने अगामी दिनमा हाम्रा पाइलाहरु चल्न कठिनाइ हुने बताए । साथै राणाकालिन अवस्था र पञ्चायत कालदेखि जनयुद्ध अवस्था सम्म आईपुग्दा राज्य संचालनको लागि मगरहरुले धेरै रगत बगाएको र राष्ट्र निमार्णको लागि ठूलो योगदान गरेको बताए ।

यसैगरी मन्तव्य राख्ने क्रममा क्लवका सल्लाहाकार तथा उद्योगी गम प्रसाद रेशमी, बुटवल वडा नं.११ का जनप्रतिनिधि हेमा थामी, नेपाल मगर संघको रुपन्देही जिल्ला अध्यक्ष प्रेम बहादुर थापा साथै क्लवका पूर्व अध्यक्ष श्रीधर अर्घाली लगायत अन्य अतिथिहरुले पनि क्लवले गर्दै आएको सामाजिक कामबारे प्रशंसा गरेका थिए । 

उक्त कार्यक्रममा सांस्कृति साँझ पनि रहेकोले राष्ट्रिय कलाकार चर्चित लोक दोहोरी गायिका सुमन थापा लगायत सपना गाहा, दिपु मगर, दिपक दर्लामी, विष्णु सिंजाली मगरले गीत गाएर दर्शकहरुलाई छमछमी नचाएका थिए भने स्थानीय कलाकार भाईबहिनीहरुको नृत्य र क्लवका सचिव निर बहादुर गाहाको गीतबाट पनि दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । 

सो कार्यक्रममा एम.जी. महिला समुह, एम.जी. सदस्य लगायत अन्य गरी ४०० भन्दा बढि दर्शकहरुको अवलोकना भएको हुनाले कार्यक्रम भव्य र सभ्य रुपले सम्पन्न भएको थियो । उक्त कार्यक्रम क्लवका अध्यक्ष ओम बहादुर सारुको अध्यक्षतामा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ति मगरको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथि लगायत मञ्चमा थुप्रै अतिहिरुको उपस्थिती रहेको थियो । 

कार्यक्रम बुटवल ११ देवीनगरको थ्री पोइन्ट गार्डेन पार्टी प्यालेसमा भएको थियो । सो कार्यक्रम क्लवको वरिष्ट उपाध्यक्ष देवलाल आर्घालीको स्वागत मन्तव्यमा क्लवका महासचिव महेश खाम्चाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Comment As:

Comment (0)