इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर
देशब्यापी चर्चित कार्यक्रम इन्द्रेणी सञ्चालक तथा गायक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ। आइतबार कँडेलविरूद्ध एक महिलाले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हुन्।
पीडित महिलाले कँडेलविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार कारबाहीको मागसहित मुद्दा दर्ता गरेकी हुन्। उक्त दफामा कसैमाथि यौन दुर्व्यवहार गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ।
महिलाले हदैसम्मको कारबाही गरी क्षतिपूर्ति समेत दिलाउन माग गरेको छन्। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कँडेलले यौन दुर्व्यवहार गरेको भन्दै सार्वजनिक गरेकी थिइन्।