ओझेल भित्रका सचेतना अभियान
No icon

लुम्बिनी विकास कोषका इञ्जिनियर सरोजकुमारविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

लुम्बिनी विकास कोषका इञ्जिनियर सरोजकुमार भट्टराईविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। लुम्बिनी विकास कोष भित्रका ठेक्का पट्टाको काम गर्ने निर्माण कम्पनीसँग ८० लाख रूपैयाँ घुस लिएको भन्दै तत्कालीन योजना प्रमुख भट्टराईविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

भट्टराईले उक्त निर्माण कम्पनीसँग नगद रकम नलिई आफूले किनेको जग्गा बिक्री गर्ने व्यक्तिको खातामा पैसा राख्न पठाएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।

भट्टराईले भक्तपुरको गुण्डुमा कित्ता नम्बर १३७४ र १३७५ को जग्गा खरिद गर्न ठेकेदार कम्पनीसँग घुस माग गरेको आरोप छ। सो रकम जग्गा बिक्रेता र जग्गा खोजिदिने व्यक्तिको खातामा जम्मा उक्त ठेकेदार कम्पनीलाई गर्न लगाएको अभियोग पत्रमा उल्लेख छ।

अभियोग पत्रमा ठेकेदार कम्पनीले जग्गा बिक्री गर्ने व्यक्ति र जग्गा खोजिदिने व्यक्तिको खातामा ४०/४० लाख रुपैयाँ जम्मा गर्न लगाएको उल्लेख छ।

जग्गा खोजिदिने व्यक्तिको खातामा जम्मा गरेको रकममध्ये ३८ लाख ७ हजार दुई सय रुपैयाँ पुनः जग्गा बिक्रेताकै खातामा पठाएको उल्लेख छ। 

दुई रोपनी ९ आना १ पैसा र अर्को दुई आना एक पैसा गरी दुई कित्ता जग्गा भट्टराईले आफ्नी आमा जनकनन्दनी भट्टराईको नाममा पास गरेको अख्तियार स्रोतले बतायो।

अख्तियारले निज सरोज भट्टराई र उनकी आमा जनकनन्दीनीविरूद्ध ८० लाख बिगो कायम गरेको छ भने कसूरजन्य कार्यबाट खरिद गरेको जग्गा समेत जफत गर्न मागदाबी लिएको छ। 

लामो समयसम्म लुम्बिनी विकास कोषको योजना प्रमुख बनेका भट्टराई केहि समय विकास कोषको निमित्त सदस्य सचिव समेत बनेका थिए। 

 

Comment As:

Comment (0)