ओझेल भित्रका सचेतना अभियान
No icon

बुटवल १७ का एकल महिलालाई त्रिवेणी धामको धार्मिक भ्रमण 

बुटवल उपमहानगरपालिका वडा नं. १७ द्धारा सञ्चालित तथा एकल महिला समुह १७ को आयोजनामा एकल महिला दिदी बहिनीहरुलाई एक दिने अध्यायन अवलोकन भ्रमणमा सहभागी गराएको छ । उक्त भ्रमण चैत २८ गते बुधबारका दिन अत्यन्तै महत्वपूर्ण धार्मिक स्थल त्रिवेणी धाम साथै गजेन्द्रमक्ष धाम लगायत शिश महल रहेको थियो ।

भ्रमणमा ५४ जना एकल महिला दिदी बहिनी र आमाहरुको सहभागीता रहेको थियो । साथै वडा नं. १७ का सदस्य रामु न्याैपाने र अध्यक्ष ज्ञान बहादुर रेश्मीले धार्मिक स्थल त्रिवेणी धामको बारेमा छोटो जानकारी गराउदै भ्रमणमा सहभागी महिला दिदी बहिनीहरुलाई भ्रमण सफलताको शुभकामना सहित वडा कार्यलयबाट बिदाई गरेका थिए ।

यसैगरी एकल महिला समुहका अध्यक्ष सुमित्रा नेपालले एकल महिला दिदीबहिनीहरुलाई एकताबद्ध बनाएर आफ्नो अधिकार पराप्ती गर्नका लागि एकल महिला समुह गठन गरेको बताउदै एक दिनको धार्मिक भ्रमणसँगै महिला दिदी बहिनी र आमाहरुलाई खुशी साट्ने मौका मिलोस् भन्ने उद्देश्यले यो भ्रमणको आयोजना गरेको बताए । 

साथै वडा नं. १७ का महिला जनप्रतिनिधि देवि चौधरी पनि भ्रमणमा सहभागी भएको हुनाले एकल महिला दिदी बहिनीहरुलाई बेला बेलामा विभिन्न खालको अवलोकन भ्रमण गराउन जरुरी रहेको बताउदै उनिहरुलाई आए आर्जनकाे बाटो देखाउन नगरपालिका र वडा कार्यलयले विभिन्न खालको तालिमहरु आयोजना गरेको पनि जनकारी दिए।

साथै एकल महिलालाई ५ प्रकारले विभाजन गरिएको हुँदा युवा देखि वृद्धा अवस्थासम्म भएकोले धार्मिक भ्रमण देखि हरेक कुरामा सक्षम, सवल बनाउन आगामी दिनमा नयाँ भिजन सहित सकृय रुपले अघि बढ्ने एकल महिला समुहको सचिव हिरा भण्डारीले बताएका छन् । 

सो भ्रमणमा वडा नं. १७ का १५ वटैं टोल विकास संस्थाका एकल महिला दिदी बहिनी र आमाहरुको सहभागिता रहेको थियो ।     

Comment As:

Comment (0)