ओझेल भित्रका सचेतना अभियान
No icon

'मारीखोलाको ढुंगो' उपन्यासबारे विमर्श कार्यक्रम सम्पन्न

लेख्न कर्ममा सकृय जेबी दर्लामीको उपन्यास `मारीखोलाको ढुंगो´ विमर्श कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । नागरिक चौतारीको संयोजनमा पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्य र लेखक जेबी दर्लामीले उपन्यास प्रकाशनसँग सम्बन्धित विषयमा जानकारी गराउनुभएको थियाे।

साहित्यप्रेमी संघ संस्थाका प्रतिनिधि एवम् पत्रकारहरुकाे बाक्लाे उपस्थिति रहेकाे कार्यक्रममा कवि तथा लेखक गिरि श्रीस मगर, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक कमल थापा तथा लुम्बिनी प्रदेशकी पूर्व सांसद एवं माओवादी नेतृ दीपा बिक खड्काकाे उपस्थिति रहेकाे थियाे। साथै पुस्तकबारे मन्तव्य राख्नुभएको थियो ।
 
मन्तव्यका क्रममा नेतृ दीपा बिक खड्काले जेबी दर्लामीको उपन्यासले अयोग्य बनाइएका माओवादी लडाकुका बारेमा राम्रो चित्रण गरेको भए पनि केही प्रसङ्गमा आफू सहमत हुन नसकेको जनाउनुभयो ।

उपप्राध्यापक कमल थापाले यस उपन्यासले नेपाली राजनीतिका थुप्रै विडम्बनाका बारेमा प्रकाश पारेको बताउनुभयो । त्यसैगरी कवि श्रीस मगरले सानो क्यानभासमा युद्धको कथा कोरिएको र कथाले केही बहसको माग गर्ने भन्नुभयो ।

Comment As:

Comment (0)