ओझेल भित्रका सचेतना अभियान
No icon

लेखाविधि तालिम सम्पन्न

तिनाउ गाउँपालिका,दोभान र बुटवल उपमहानगरपालिका,बुटवलको प्राविधिक एवम् आर्थिक सहयोगमा तिनाउ गाउँपालिकाभित्र रहेका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुका लागि दुई चरणमा लेखाविधि तालिम सम्पन्न भएको छ । 

तिनाउको वडा नं.१ र २ का पदाधिकारीहरुलाई बैसाख १६ र १७ गते  दोभानमा अनि वडा नं.३ देखि ६ का लागि बैसाख २० र २१ गते झुम्सामा तालिम दिईएको थियो । तालिममा डिभिजन वन कार्यालय, पाल्पाका वरिष्ठ डिभिजनल वन अधिकृत नारायणदेव भट्टराई,वरिष्ठ अधिकृत संयोग बस्नेत,सहायक वन अधिकृत यमलाल पोखरेल,तिनाउ गाउँपालिकाका लेखा अधिकृत शंकर पुरी,फेकोफन पाल्पाका सचिव कृष्ण आत्रेय,अडिटर मोहन कार्की,समृद्धिका लागि वन परियोजनाका संयोजक रमेश थापा र सामुदायिक वन समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङ,युवराज घिमिरेले सहजीकरण गरेका थिए ।

समूहमा लेखाविधिको आवश्यकता, दोहोरो लेखाविधिको प्रयोग र वर्तमान अवस्थाका साथै संघीय एवम् प्रदेश सरकारले तोके अनुसारको शीर्षक र प्रतिशतमा खर्च गर्नुपर्ने बारेमा सहजीकरण गरेका थिए । साथै समूहमा बैठक सञ्चालन, माईन्यूट लेखन ,निर्णय प्रक्रिया र कार्यक्रम सञ्चालनका साथै वन,वातावरण र जैविक विविधता संरक्षणका बारेमा उनीहरुले सहजीकरण गरेका थिए । 

सहभागीहरुले तालिम प्रभावकारी भएको र समयसमयमा पुनर्ताजगी तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । तालिममा रोहित भुसाल, प्रेम पाण्डेय,बिनोद बस्याल,मतिराम लम्साल,सावित्री रायमाझी,यानीमाया थापा,गोपाल घिमिरे,सुन्दरी सुनारी लगायतले आआफ्ना सिकाई अनुभव प्रस्तुत गरेका थिए । 

तालिमको आयोजना सामुदायिक वन समन्वय समिति ,तिनाउ र संयोजन डिभिजन वन कार्यालय,पाल्पाले गरेको थियो ।

Comment As:

Comment (0)