ओझेल भित्रका सचेतना अभियान
No icon

मैदान गाउँमा पर्यटन सम्बन्धि अन्तरक्रिया

पू्र्वखाेला गाउँपालिका वडा नं.२ जल्पामा "म‌ैदान गाउँकाे पर्यटकीय आधार र सम्भावना" विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयाे । कार्यक्रममा मैदान गाउँकाे पर्यटकीय आधार र सम्भावना विषयमा ग्रामीण पर्यटनका जानकार दलबहादुर गुरुङले अवधारणा पत्र प्रस्तुत गरेका थिए । उनले जल्पाकाे मैदान गाउँमा रहेकाे घडेरीथुम्का, सिद्वथानलेक, काेतघर, मण्डली बराजु,देवीस्थान,चण्डीस्थापना र भुटीरहकाे उचित भाैतिक विकास गर्दै स्थानीय पञ्चेबाजा र लाेकसंस्कृतिकाे प्रचारप्रसा गर्न सक्ने हाे भने वर्षमा हजाराैं आन्तरिक एवम् बाह्य पर्यटक भित्रिन सक्ने आफ्नाे अवधारणा पत्रमा उल्लेख गरेका थिए । साथै उनले छिमेकी गाउँ देवीनगरकाे भानुमाता,भेजाडाँडा,जल्पाकाे सत्यवती मन्दिर,मादलेगुफा,ढाेलीमारा हाेमस्टे,चुलीडाँडालाई जाेडेर एकीकृत पर्यटनकाे अवधारणा प्रस्तुत गर्न सके पूर्वखाेला गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाउन सकिने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि वडा नं.२ जल्पाका वडाध्यक्ष निरबहादुर सारुले आफूहरुले आफ्नाे वडालाई नमूना पर्यटकीय गन्तव्य बनाउने अभियानमा लागेकाे बताउँदै कृषि र ग्रामीण पर्यटनमार्फत आफ्नाे वडा समृद्ध बन्ने सपना बुनेकाे समेत बताए । त्यसका लागि गाउँलेहरु एकजुट भई लाग्नुपर्नेमा जाेड दिए । साे कार्यक्रममा स्थानीय शिक्षाप्रेमी माेहन रखाल, रनवीर बराल , सञ्चारकर्मी माधव पाण्डेय,रीमा साेमै,जगिलाल थापा,कलाकार बेनू थापा,खडकसिह बाह्रघरे लगायतले म‌ैदान गाउँ प्रकृति र संस्कृतिले सम्पन्न गाउँ भएकाेले पर्यटन विकास सम्भव भएकाे बताए । उक्त गाउँमा स्मार्ट कृषि अन्तर्गत बाख्रापालन, अम्रिसाेखेती, माैरीपालन र तरकारी खेती भईरहेकाे छ । गाउँलेहरुले मनग्य आर्थिक उपार्जन गरिरहेकाे स्थानीय शुभसन्देश महिला कृषि सहकारी संस्थाका अध्यक्ष चन्द्रिका रखालले बताईन्।

Comment As:

Comment (0)