ओझेल भित्रका सचेतना अभियान
No icon

क्षमता विकास तालिमकाे सुरुवात्

 

 

आदिवासी जनजाति समन्वय समिति, बगनासकाली,पाल्पाकाे आयाेजनामा दुई दिवसीय क्षमता अभिवृद्धि तालिम बगनासकाली गाउँपालिका वडा नं.५ काे सामुदायिक सिकाई केन्द्र चापपानीमा बिहिवारदेखि सुरु भएकाे छ । तालिममा सामाजिक अभियन्ता दलबहादुर गुरुङ र बेनप्रसाद थापाले क्षमता भनेकाे के हाे ? याे कसरी अभिवृद्धि हुन्छ ? क्षमता अभिवृद्धिका तरिकाहरु,बैठक सञ्चालनका विधि,प्रक्रिया,निर्णय ,यसका विधि र माईन्यूट लेखनका साथै नेता र नेतृत्व विकासका आधारहरुका बारेमा सहजीकरण गरिरहेका छन् । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वडा नं.५ का वडाध्यक्ष थानेश्वर तिमिल्सिनाले आदिवासी जनजातिहरुले आफ्नाे प्रतिभा, क्षमताहरुलाई लुकाएर हैन प्रदर्शन गर्ने बेला आएकाे बताउँदै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जाेड दिए । कार्यक्रममा स्वागत समितिका सहसंयाेजक ,साेभबहादुर मगर,स्वागत सचिव दिलीप सारू र अध्यक्षता समन्वय समितिका संयाेजक एवम् वडा नं.७ का वडाध्यक्ष गणबहादुर बुढाथाेकीले गरेका थिए । शुक्रबारसम्म सञ्चालन हुने उक्त तालिममा ४० जना आदिवासी जाजाति समुदायका ब्यक्तिहरुकाे सार्थक सहभागिता रहेकाे छ ।

Comment As:

Comment (0)