
फोटोग्राफर संघमा तालिम
लुम्बिनी फोटोग्राफर संघ,रुपन्देहीले आयोजना गरेको उद्घोषण,भाषणकला र बैठक सञ्चालन एवम् माईन्यूट लेखन सम्बन्धि तीन दिने तालिमको दोस्रो दिनमा भाषण,भाषणकला,भाषणको तयारी र व्यवस्थापनका साथै बैठक सञ्चालन र माईन्यूट लेखनका विषयमा सामाजिक अभियन्ता दलबहादुर गुरुङले सहजीकरण गरेका छन् । उनले ती विषयहरुमा सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रवाह गर्नुका साथै तालिमको अन्तिम दिन शनिवार प्रयोगात्मक कक्षा सञ्चालन गर्ने तालिम संयोजक संघका प्रथम उपाध्यक्ष माधव पन्थले जानकारी दिए ।
तालिममा सिकाईएका विषयवस्तुहरु संस्थाका लागि कामलाग्दो र व्यवहारिक भएको संघका लेखा समिति सदस्य प्रेमबहादुर अर्यालले बताए । तालिम शनिवारसम्म सञ्चालन हुने संघकी सचिव कमला घर्तिमगरले जानकारी दिदै तालिममा कार्यसमिति र सल्लाहकारहरुको समेत विशेष उपस्थिति रहेको संघका महासचिव त्रिभुन पाण्डेयले सुनाए ।