
रानीगञ्ज नमस्ते टोलविकास संस्थाद्धारा विद्यालयमा वृक्षारोपण
बुटवल १७ रानीगञ्ज टोल विकास संस्थाले श्रावण ६ गते गुरुपुर्णिमाको दिन वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम बुटवल उपमहानगर पालिका वडा नं १७ रानीगञ्जको श्री जनशक्ति नमुना भिमप्रसाद गोमता न्यौपाने आधारभुत विद्यालयको प्रांङ्गणमा निम,गुलमोहर, अशोका, छतिवन, धुपी,बकाइनो आप,केरा,अम्बा लयायत विभिन्न जातका फुलहरु गरी १५० भन्दा बढि विरुवा रोपिएको टोल विकास संस्थाका अध्यक्ष सुनिता भुजेलले बताएका छन् ।
सो वृक्षारोपण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद न्यौपानेको उपस्थितिमा रोपिएको थियो । ती विरुवाहरुलाई मलजलदिन विद्यालयमा साप्ताहिक कार्यक्रम राखि विद्यार्थी, शिक्षक लगायत सबैले गोडमेल गरि बचाउने विद्यालय व्यवस्थापन समितका अध्यक्ष न्यौपानेले बताए । साथै विद्यालय जस्तो गरिमामय पवित्र स्थलमा वृक्षारोपण गरी हरीयाली वातावरण बनाउने उद्धेश्यले गुरुपुर्णिमाको दिन वृक्षारोण कार्यक्रम गरेको टोलविकास सस्थाका अध्यक्ष सुनिता भुजेलले जानकारी गराए । उक्त वृक्षारोपण कार्यक्रममा नमस्ते टोलविकास संस्थाका ६५ जना दाजुभाई तथा महिला दिदी बहिनीहरुको उपस्थिति रहेको थियो ।