ओझेल भित्रका सचेतना अभियान
No icon

रानिगञ्ज नमस्ते टाेल विकास संस्थामा तिज मिलन तथा दरखाने कार्यक्रम

बुटवल-१७ रानिगञ्ज टाेल विकास संस्थाले भदाै १५ गते शनिबारका दिन तिज मिलन तथा दर खाने कार्यक्रम अायाेजना गरेकाे छ।

नमस्ते टाेल विकास संस्थाकाे अध्यक्ष सुनिता रासकाेटिकाे अध्यक्षतामा बुटवल वडा नं-१७ का महिला जन प्रतिनिधि देवि दङ्गाेरिया थारुकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाेे थियाे। प्रमुख अतिथि चाैधरीले ब्यानरमा लेखेकाे अक्षर पढेर कार्यक्रमकाे उद्घाटन गरेका थिए।

साथै कार्यक्रममा प्रमुख अतिथि चाैधरीले महिला दिदीबहिनीहरुकाे महान् पर्व हरितालिका तिजकाे शुभकामना व्यक्त गरेका थिए। यसैगरी विशिष्ट अतिथि वडा नं १७ का सदस्य राम प्रसाद न्याैपानेले महिला दिदीबहिनीहरुकाे पर्व हरितालिका तिज "अाफ्नै भाका, अाफ्नै लय, अाफ्नै गुनासाे पाेख्ने पर्व हाे", याे पर्व समाजमा विकृति फैल्ने खाल्काे नाच गान गर्न तपाई हामीले राेक्नु पर्दछ। तिज पर्वकाे संस्कार संस्कृति जाेगाउने तपाईं हाम्रो कर्तव्य हाे भन्दै याे कार्यक्रम कुनै पार्टी प्यालेसमा नभएर अाफ्नै टाेल संस्थाकाे प्राङ्गरमा मनाएकाेमा अायाेजक तिमलाई धन्यवाद व्यक्त गरेका थिए।

यसैगरी विद्यालय व्यवस्थापन अध्यक्ष टंक प्रसाद न्याैपानेले महिलाहरुकाे पर्व तिजलाई धेरै भड्किलाे नबनाएर अाफ्नाे परिवारमा जे छ मिठाे मसिनाे खाएर मनाउनुहाेला भन्दै अाग विदेशमा श्रीमानले कमाएकाे पैसालाई बचत गर्न महिला दिदीबहिनीहरुलाई सुझाव दिएका थिए।

यसैगरी माेतिपुर मगर महिला संघका अध्यक्ष रञ्जना सिंजाली साथै युवा समाजसेवी खिमानन्द पाण्डे, पुलचाेक टाेल विकास संस्थाका अध्यक्ष लगायतले मन्तव्य राखेका थिए। 

साथै कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, सल्लाहकार लगायत नमस्ते टाेल संस्थाका महिला दिदीबहिनी तथा दाजुभाइकाे उपस्थिति रहेकाेले तिज गीतमा छमछमि नाचेर कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएकाे थियाे।

उक्त कार्यक्रममा स्वागत मन्तव्य नमस्ते टाेल विकास संस्थाकाे पूर्व अध्यक्ष मधु पाण्डेले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव तिलक पाैडेलले गरेका थिए।

 

 

Comment As:

Comment (0)