ओझेल भित्रका सचेतना अभियान
No icon

एम.जी.क्लवद्धारा विद्यालयमा शैक्षिक सामग्री तथा दुर्घटना विमा हस्तान्तरण

बुटवल ११ एम.जि.क्लबले देवदह १० मुढावासमा रहेको श्री जनकल्याण आधारभूत विद्यालयलाई शैक्षिक सामग्री तथा विद्यार्थी दुर्घटना विमा हस्तान्तरण कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा शैक्षिक सामग्रीको प्रायोजक श्री विष्णु कुमारी उचई मगरले स्वं राम, कमल स्मृतीको आयोजनामा गरेका थिए भने अ‍‍‍‌‍‍न्य सामाग्री र विद्यार्थीलाई दूर्घटना विमा एम.जि. क्लबले गरेको थियो । सो कार्यक्रममा प्रमुख अतिथि देवदह १० का जनप्रतिनिधि ‌सद्स्य श्री भविलाल थापाले बोल्दै देवदह नगरपालिकाको बिकट ठाँउ मुढावासको जनकल्याण आधारभूत विद्यालयमा एम.जी.क्लबले ग‍रेको सहयोग विद्यार्थीहरुले नयाँ कुराको उपभोग गर्न पाउँदा विद्यालय भाग्यमानी थानेको बताए ।

साथै एम.जी. क्लबलेजे जती सहयोग गर्नु भएको छ त्यो सहयोग विद्यालयको लागि धेरै ठूलो सहयाेग हुने बताउँदै एम.जी.क्लबको उचाई अझै बढै जावोस् र क्लबलाई विश्वले चिन्न सकोस् भन्दै एम.जी. परिवार र कार्यक्रम प्रायोजक विष्णु कुमारी उचई मगर परिवारलाई धन्यवाद व्यक्त गरेका थिए ।

साथै मन्तव्य राख्ने क्रममा विद्यालयका प्रधानअध्यापक शान्ता भुसालले आफ्नो विद्यालयलाई सम्झेर एम.जी. क्लबले सहयोग गरेकोमा क्लव परिवारलाई धन्यवाद व्यक्त गरेका थिए । यसैगरी क्लबका वरिष्ठ उपाध्यक्ष देव लाल अर्घालीले वोल्दै एम.जी. क्लबले विद्यालयलाई सानो सहयाेग गरेर विद्यार्थी भाई बहिनीहरुसँग भावना साट्न र उज्जवल भविष्यको शुभकामना दिन पाउँदा खुशी लागेको वताए । साथै क्लवका अध्यक्ष ओम सारुले क्लबले गरको सानो सहयोगले यो विद्यालयलाई ठूलो टेवा पुगोस् भन्दै प्रत्येक विद्यार्थी भाई वहिनीहरुलाई एक लाख सम्म को दूर्घटना विमा कार्यक्रम लिएर विद्यालयमा हातेमालो गर्न पाउँदा खुशी ब्यक्त गरेको बताए।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भक्त बहादुर सलामी लगायत अन्य सद्स्य तथा विद्यार्थी भाई वहिनीका सम्पूर्ण अभिभावक,विद्यालय शिक्षक तथा कार्यक्रम प्रायोजक विष्णु कुमारी उचई साथै एम.जी. क्लबका संम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको उपस्थितिरहेको थियो ।

साे कार्यक्रम क्लबका अध्यक्ष ओम सारुको अध्यक्षतामा देवदह १० का जनप्रतिनिधि भविलाल थापाको प्रमुख आतिथ्यतामा स्वागत मन्तब्य क्लबका वरिष्ठ उपाध्यक्ष देवलाल अघालीको थियो भने कार्यक्रम सञ्चलान क्लबका महासचिव महेश खाम्चाले गरेको थिए।

 

 

 

Comment As:

Comment (0)