ओझेल भित्रका सचेतना अभियान
No icon

एम.जी. क्लवकाे १० अाैँ साधारण सभा तथा तेस्रो अान्तरिक ब्याडमिन्टन प्रतियाेगिता

बुटवल ११ देविनगरमा रहेकाे एम.जी. क्लवकाे १० अाैँ वार्षिक साधारण सभा तथा तेस्राे अान्तरिक ब्याडमिन्टन खेल प्रतियाेगिता यहि पाैष १५ गते तिलाेत्तमा कभर्डहलमा सम्पन्न भएकाे छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि युवा व्यावसायी, एड्मण्ड सिटीका अध्यक्ष तथा क्लवका सल्लाहकार, समाजसेवी श्री. प्रकाश राना रहेका थिए। साे कार्यक्रममा बाेल्दै रानाले बुटवल ११ मा क्लवकाे अाफ्नै भवन बनाउनलाई जग्गाकाे माग गरि स्थानीय सरकार र प्रदेश सरकारसँग सहयाेगकाे लागि बजेटकाे माग गर्न एम.जी. क्लवले कदम चाल्नुपर्छ भन्दै याे पहल गर्न क्लवले हातेमालाे गरेर अगाडि बढ्ने कुरा बताएका छन्। साथै शिक्षा र स्वास्थ्य तथा पर्यटकलाई पनि वर्गीकरणमा राखेर क्लवले समुहमा केही गर्नु पर्छ भन्ने सुझावका साथ याे समाज एम.जी.बाट स्वराेजगार बन्न सकाेस् भन्दै अब क्लवले केही गरेर देखाउन अाग्रह गरेका छन्।

यसैगरी अध्यक्षले अाफ्नाे कार्यकालमा क्लवले गरेकाे काम र भावियाेजना बारे अाफ्नाे प्रतिवेदन प्रस्तुत गरेका थिए भने महासचिव र काेषाध्यक्षले पनि अा-अाफ्नाे प्रतिवेदन प्रस्तुत गरेका थिए। 

कार्यक्रमकाे पहिलाे चरणमा तेस्रो अान्तरिक पुरुष डबल्स ब्याडमिन्टन खेलकाे प्रतियाेगिता रहेकाे हुनाले क्लवकाे पदाधिकारी तथा सदस्यहरु गरि १० टिमले भाग लिएका थिए। साे प्रतियाेगितामा प्रथम स्थान हासिल गर्न सफल भएका क्लवका सदस्य थमन सारु, कर्ण बहादुर राना रहेका थिए भने द्वितिय स्थान हासिल गर्न सफल भएका क्लवका सचिव नीर बहादुर गाहा र सदस्य मदन पुन रहेका थिए। यसैगरी तेस्रो स्थानमा क्लवका सदस्य रमेश गाहा र इन्द्र सिंजाली रहेका छन्। उनिहरु सबैले मेडल, ट्रफि सहित प्रमाण पत्र प्राप्त गरेका थिए। 

साथै क्लवमा थुप्रै नयाँ सदस्यहरु अावद्ध भएकाले उनिलाई प्रमाणपत्र सहित खादाले सम्मान गरेका थिए। यसैगरि देउसी भैलाे कार्यक्रममा नृत्य गरि क्लबलाई सहयाेग पुराएका कलाकार बहिनीहरुलाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे, भने देउसी भैलाेमा एम.जी. महिला समुहकाे ठुलो भुमिका रहेकाेले एम.जी. महिला समुहलाई पनि खादाले सम्मान गरेका थिए। उक्त कार्यक्रमकाे समापन पछि क्लवले खानपानकाे साथै सामान्य चिठ्ठा कार्यक्रम राखेकाे थियाे ।

साे कार्यक्रममा एम.जी. क्लवका पदाधिकारी र सम्पूर्ण सदस्य एम.जी. महिला समूह लगायत एम.जी. परिवारकाे उपस्थिति रहेकाे थियाे। उक्त कार्यक्रम क्लवका अध्यक्ष अाेम सारुकाे अध्यक्षातामा प्रमुख अतिथि एड्मण्ड सिटीका अध्यक्ष तथा क्लवका सल्लाहकार, समाजसेवी श्री. प्रकाश राना रहेका थिए भने विशिष्ट अतिथि कर्ण बहादुर राना रहेका थिए। साथै अतिथिहरु मार्गदर्शक बसन्त थापा चर्ति, संस्थापक अध्यक्ष तुल बहादुर सारु, पुर्व अध्यक्ष श्रीधर अर्घाली निवर्तमान अध्यक्ष राम बहादुर सिंजाली तथा प्रेस सल्लाहकार चन्द्रा थापाकाे उपस्थिति रहेका थिए। 

कार्यक्रममा स्वागत मन्तव्य क्लवका वरिष्ठ उपाध्यक्ष देवलाल अर्घालीकाे रहेकाे थियाे भने कार्यक्रम सञ्चालन क्लवका महासचिव महेश खाम्चाले गरेका थिए। 

 

 

Comment As:

Comment (0)