ओझेल भित्रका सचेतना अभियान
No icon

प्रकृति मानव केन्द्रित जन अभियान नेपालको पोखरामा छैठौें राष्ट्रिय सम्मेलन

प्रकृतिक मानव केन्द्रित जन अभियान नेपालको छैठौे राष्ट्रिय सम्मेलन यही पौष १९-२० गते पोखरामा भएको थियो ।  कार्यक्रममा लगभग सबै जसाे जिल्लाबाट प्रतिनिधिहरु, विभिन्न नगरपालिकाको प्रमुख पूर्व उपप्रमुख, प्रदेशका पूर्व माननिय ज्यूहरु विभिन्न पालिकाको पूर्व अध्यक्ष तथा उपाध्क्ष साथै डाक्टर, इन्जिनियर, अधिबक्ता लगायत उच्च ओहाेदमा रहेका विभिन्न संघ संस्थामा आवद्ध बौद्धिक विज्ञ व्यक्तिहरुको उपस्थिति सहित छिमेकी राष्ट्र भारतको राजेस्थानबाट पनि कार्यक्रममा सहभागि भएका थिए । 

सो कार्यक्रममा स्वच्छ वातावरणमा जिउने र स्वच्छ जीवन स्तर अभिवृद्धि गर्ने मानवको अधिकार हो भन्दै जल, वायु संकट र पर्यावरणीय असन्तुलनका कारण प्रदुषण बृद्धिको चुनौतीलाई दिगो रुपमा स्थाई समाधान खोज्न विश्वयापी जन अभियान बाट आम जन समुदाय माझ सु-सुचित गर्दै जन स्तरबाटै आन्दोलनको लहर चलाउने उद्धेश्यका साथ कार्यक्रम संचालन भएको थियो । 

कार्यक्रममा बोल्दै कृषि पेशा हाेइन जीवन रेखा हाे, रासायनिक मलखाद, बिषादी तथा हाइब्रिड, GMO प्रविधियुक्त खेतीको विकल्पमा स्थानिय प्रजातिका पशुपालन तथा सो बाट निर्मित प्राङ्गिरिक जैविक कृषि कार्यक्रमलाई प्रवधन गर्ने बताउदै विभिन्न वक्ताहरुले आआफनो धारणा व्यक्त गरेका थिए । यो प्रकृतिक मानव केन्द्रित जन अभियान नेपालमा सन २००२ अर्थात वि.स. २०५९ सालमा डा. डी.बि सिंहको संयोजकत्वमा समिति गठन भएको कुरा पनि जनाएका थिए । 

कार्यक्रम पोखराको बगर स्थित थकाली सेवा समितिको हलमा भएको थियो । कार्यक्रममा विभिन्न जिल्लाबाट करिव २०० जना व्यक्तिहरुको उपस्थिति रहेको थिए।

 

Comment As:

Comment (0)