ओझेल भित्रका सचेतना अभियान
No icon

एम.जी. क्लवद्धारा अपाङ्ग अाश्रमलाई खाद्यान्न वितरण

बुटवल-११ एम.जी.क्लवकाे अायाेजनामा २०८१ पाैष २६ गते क्लवका सदस्य सामाजिक व्याक्तित्व श्री. लाेक बहादुर कँवर, श्रीमति प्रेमा कँवरका नातिनि साथै अामा, बुबा नवीन र अनु कँवरका सुपुत्री साईशा कँवरकाे जन्मदिनकाे शुभ अवसर पारेर बुटवल-११ प्रगतिनगरमा रहेकाे नेपाल अपांग अाश्रममा खाध्यान्न लगायत क्लवले एक थान हव्ईल चियर र विभिन्न सामाग्रीहरु वितरण कार्यक्रम गरेकाे छ।

साे कार्यक्रम क्लवका अध्यक्ष श्री. अाेम बहादुर सारुकाे अध्यक्षतामा अतिथिहरु क्लवका सम्पूर्ण पदाधिकारी लगायत खाद्यान्न वितरण प्रयाेजक कँवर परिवारहरुकाे उपस्थिती रहेकाे थियाे।

अाजभाेलि जन्मदिन मनाउने क्रममा अाफ्नतजन बाेलाएर रेष्टुरेन्ट तथा पार्टी प्यालेसमा खर्च गर्ने क्रम बढ्दाे छ, त्याे प्रवृत्तिलाई न्युनिकरण गर्न नातिनि साईशा कँवरकाे जन्मदिन पारेर अाश्रममा थाेरै खाद्यान्न सहयाेग गरेकाे समाजसेवि लाेक बहादुर कँवरले बताएका छन्। 

यसैगरी २०८१ माघ १ गते एम.जी. क्लवकाे अायाेजनामा क्लवका सदस्य समाजसेवि श्री.दल बहादुर गाहाकाे सादु दाई गाेबिन्द सुनारी मगर र श्रीमती कुमारी सुनारी मगरकाे स्वर्गीय बुबा अामा लगायत पितृजनकाे स्मृतिमा माघी पर्व पिण्डदानकाे अवसर पारेर बुटवल-११ काे नेपाल अपाङ्ग अाश्रममा खाद्यान्न लगायत विभिन्न सामग्री वितरण गरेका थिए।

उक्त कार्यक्रममा एम.जी. क्लवका पदाधिकारि तथा सुनारि मगर परिवारकाे उपस्थिति रहेकाे थियाे। कार्यक्रम क्लवका अध्यक्ष श्री. अाेम बहादुर सारुकाे अध्यक्षतामा कार्यक्रम सञ्चालन क्लवका महासचिव महेश खाम्चाले गरेका थिए।

Comment As:

Comment (0)