ओझेल भित्रका सचेतना अभियान
No icon

दानापुरमा हात बजार सञ्चालन 

"अाफ्नै ठाउँकाे स्थानीय उत्पादन अाफ्नै बजारमा व्यवस्थापन" भन्ने नाराका साथ कञ्चन गाउँपालिका वडा नं. १ दानापुरमा हात बजार सञ्चालन हुन लागेकाे छ। 

हाट बजार यही माघ-५ गतेबाट सञ्चालन भएको छ। साे समयमा अन्तरक्रिया पनि भएकाे थियाे। साे हात बजार प्रत्येक शनिबारकाे दिन दानापुर भाटा टाेलमा सञ्चालन हुने छ।

२०८१ माघ १२ गतेबाट सञ्चालन हुने भनिएकाे उक्त हात बजार कार्यक्रमकाे उत्घाटन गर्दै वडा नं. १ का अध्यक्ष हरि नारायण थारुले यस भाटा क्षेत्रमा उपयुक्त रहेकाे बताउनुभयो। कञ्चन गाउँपालिकामा अहिले चाेक चाेक सी.सी.टिभी क्यामेरा,नगर प्रहरी तथा प्रहरी चाैकीहरु पनि भएकाले चाेरी हुन सक्ने सम्भावना नरहेकाे बताउनुभयाे। वडा नं. १ मा शान्ति बजार, हात्ति बजार, लाैसा बजार गरी ३ वटा बजार रहेकाे र अब दानापुर हातबजार गरि ४ वटा हुने भयाे, पछिल्लो बजार भएतापनि यश क्षेत्रका स्थानीय बासिन्दाहरु एकदमै जुगारुक भएकाले सबै भन्दा राम्रो र व्यवस्थित हुनेमा दुई मत नहुने कुरा समेत उल्लेख गर्नुभयाे। साथै यस हात बजारकाे बजेटकाे लागि वडा सदस्य लेखा राहादीकाे सिफारिस अाएमा ४/५ लाख बजेट राखिदिन सक्ने बताउनुभयाे। भने स्थानीय संघ संस्था, बुद्धिजिवि, राजनितिक दलका प्रतिनिधिहरुले समेत उक्त अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाएका थिए।  

दानापुर हात बजार व्यवस्थापन समितिकाे अध्यक्ष लिल बहादुर दर्लामी मगरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत मन्तव्य धन बहादुर भुजेल मगरकाे रहेकाे थियाे भने कार्यक्रम सञ्चालन दिलु पुन मगरले गर्नुभएकाे थियोे

 

Comment As:

Comment (0)