
एम.जी. क्लवको स्थापना दिवसमा खाद्यान वितरण तथा नयाँ सदस्य परिचयात्मक कार्यक्रम
बुटवल ११ एम.जी. क्लवले यही माघ २० गते क्लवको ११ औं स्थापना दिवस कार्यक्रम मनाएको छ । स्थापना दिवसको अवसरमा क्लवका संस्थापक अध्यक्ष श्री तुल बहादुर सारुको छोरा पूर्वज सारुको जन्मदिनको शुभ अवसर परेको हुदाँ एम.जी. क्लवको संयोजक्तामा खाद्यान्न सामग्री वितरण गरेका छन् । सो खाद्यान्न सामग्री तिलोत्तमा नगरपालिका १३ बभनी निवासी श्री धन बहादुर थापाका परिवारलाई वितरण गरेका थिए ।
साथै धन बहादुर थापाको एउटा हात नभएको र आर्थिक स्थिति अत्यान्तै कमजोर भएको हुदाँ थापाको घरमा सहयोग पुराउन मोडल तथा कलाकार मरिना बलाल मगरले सहजीकरण गरेका थिए ।
यसैगरी सो स्थापना दिवसमा क्लवका नव प्रवेश सदस्यहरुको परिचयात्मक कार्यक्रम पनि भएको हुदाँ नयाँ सदस्यहरु सोनम थापा, हेम बहादुर थापा, लेम बहादुर चर्ति, इन्द्र बहादुर थापा, मदन कुमार पुन, टिका बहादुर दर्लामी, चन्द्र बहादुर झेडी, गिता झेडी, यनु राना, विरेन्द्र राना, गुञ्जन गाहा लगायतको छोटो व्यक्तित्व क्लवका महासचिव महेश खाम्चाले पढेर सुनाएका थिए भने सदस्यहरुले आ–आफ्नो परिचयसहित एम.जी. क्लवमा आबद्ध हुनुको उदेश्यबारे बताएका थिए ।
यसैगरी कार्यक्रममा क्लवका पूर्व अध्यक्ष श्रीधर अर्घाली, संस्थापक अध्यक्ष श्री तुल बहादुर सारु, मार्ग दर्शक श्री बसन्त थापा चर्ति, क्लवका अध्यक्ष श्री ओम बहादुर सारु लगायतले बोल्दै क्लव स्थापना गर्नुको उद्देश्य र क्लवले अहिलेसम्म गर्दै आएको सामाजिक कामबारे प्रस्त पार्दै सम्पुर्ण सदस्यहरुले थोरै समय भए पनि क्लवलाई दिनुपर्छ भन्ने सुझावका साथ एम.जी. सदस्यको सकारात्मक काममा क्लव सधै साथमा रहने बताएका थिए । यसैगरी ओरिएन्ड हाईड्रो इन्जिनियरीङ्ग प्रा.लि.का सञ्चालक श्री बम थापा, श्री सुर्य सोमै मगरले स्थापना दिवसको अवसरमा क्लवलाई घडी सौजन्य गरेका छन ।
उक्त कार्यक्रममा एम.जी. क्लवका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम क्लवका अध्यक्ष ओम बहादुर सारुको अध्यक्षतामा स्वागत मन्तव्य क्लवका वरिष्ठ उपाध्यक्ष श्री देवलाल अर्घालीको रहेको थियो भने कार्यक्रम सञ्चालन क्लवका महासचिव श्री महेश खाम्चाले गरेको थिए।