ओझेल भित्रका सचेतना अभियान
No icon

ई–रिक्सा चालक सिंजालीमाथि प्रहरीद्धारा कुटपिट

बुटवलमा विद्युतीय रिक्सा चालकमाथि प्रहरीले कुटपिट गरेका छन् । ई-रिक्साचालक भुवन सिंजाली मगर प्रहरीको कुटाइबाट घाइते भएका छन् ।

बुटवलको कालिका फिल्महल पछाडिको सडकमा रिक्सा चलाइरहेका ४४ वर्षीय सिंजालीलाई प्रहरीले सुरुमा ब्लुबुक मागेका थिए । चालकले ब्लुबुक साथमा नरहेको भन्दै लाइसेन्स देखाउँदा प्रहरीसँग विवाद भएको थियो । विवादपछि बुटवलको राजमार्ग चौरहा बिटमा कार्यरत प्रहरी बीपी जीसीसहित तीजना प्रहरी मिलेर आफूलाई कुटपिट गरेको घाइते सिंजालीले बताए । प्रहरीको कुटाईबाट आफू अर्ध–बेहोस भएको र प्रहरीले नै अस्पताल लगेर छाडेको बताए ।

सिंजालीको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । चालकमाथि कुटपिटको विरोधमा करिब पाँच सयको संख्यामा उपस्थित ई(रिक्साचालकहरुले वडा प्रहरी कार्यालय रामनगर घेराउ गरी कुटपिटमा संलग्न प्रहरीमाथि छानवीन गरेर विभागीय कारबाही र सिंजालीको उपचार गरिदिनुपर्ने माग गरेका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष ध्यानबहादुर राईले ई रिक्सा चालक स्वरोजगार मजदुरमाथि प्रहरीले बिटमै ल्याएर कुटपिट गर्नु ज्यादती भएकोले दोषी प्रहरीमाथि कारवाही नभए कानुनी उपचारका लागि अदालत जाने बताए ।

त्यसै गरी सिंजालीलाई भेट्न राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय महासचिब केशब सुर्यबशी, जनमुक्ति एकेडेमीका प्रमुख टोप अस्लामी, नेपाल मगर संघ, रुपन्देही जिल्ला अध्यक्ष गिता सारु, पाल्पा तराई सम्पर्क मंचका अध्यक्ष धनी सरा थापा पुर्व सैनिक संगठनका श्याम थापा लुम्बिनी प्रादेशिक अस्पताल पुगि उनको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भयो । साथै महासचिव सुर्यबशीले मजदुरलाई कुटपिट गर्ने सग्लन सबै प्रहरीलाई तत्काल छानबिन गरि दोषीलाई कार्बाही गर्नु पर्ने बताउनु । 
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले घटनाको अध्ययन गरेर कारबाही गर्ने नगर्ने निर्णय गरिने प्रतिक्रिया दिए ।

Comment As:

Comment (0)