ओझेल भित्रका सचेतना अभियान
No icon

कञ्चन  गाउपालिकाबाट १० लाखको कोरोना नियन्त्रण कोषकाे स्थापना 

 

दिनेश घिमिरे
बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस ( कोभिड १९ ) बाट सम्भाबित संक्रमण तथा प्रभाव न्युनिकरण गर्नको लागि सम्पुर्ण कञ्चनवासीलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्दै रुपन्देहीको कञ्चन गाउपालिकाले रु. १० लाख बराबरको नियन्त्रण बिपद कोष स्थापना  गरेकाे छ । कञ्चन गाउपालिकाका अध्यक्ष गाेकर्ण बहादुर क्षेत्रीद्धारा हस्तारित सूचनामा यदि अत्याधिक ज्वरो आएका बिरामीहरुलाई नजिकको उपचार केन्द्रसम्म जान स्वास्थ्यकर्मीहरुको सिफारिसमा एम्बुलेन्स खर्च गाउपालिकाले ब्यहोर्ने समेत घाेषणा गरिएको छ । 

  बैठकले २५ शैयाको क्वारेन्टाइन ब्यबस्था मिलाउन स्वास्थ्य शाखालाई जिम्मा दिने, कोरोना रोग नियन्त्रणको लागि कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीकाे एकल संयोजकत्वमा रु.१० लाख बराबरको बिपद कोष स्थापना गर्ने र त्यसमा थप गर्नु परेमा अध्यक्षलाई नै अधिकार समेत प्रत्यायोजन गरेको छ ।

कार्यपालिका स्तरिय बैठक पश्चात जारी गरिएको सूचनामा बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस ( कोभिड १९ ) को प्रभाव न्यूनिकरण साथै उत्पन्न जोखिमलाई ब्यबस्थित गर्नको लागि गाउपालिकाले जारी गरेको नियम तथा सूचनाहरुलाई सबैले अनिवार्य रुपमा पालना गर्न अनुरोध गरिएकाे छ ।  यदी पालना नगरेमा कानुन बमोजिम कार्बाही हुने समेत उल्लेख छ । सूचनामा  अत्यावस्यक सेवा बाहेक अन्य पसल,होटल तथा रेष्टुरेन्ट तत्काल बन्द गर्न निर्देशन दिने समेत उल्लेख गरिएको छ ।

कञ्चन गाउपालिकामा रुद्रपुर ब्यापार संघले मातहतका सबै ब्यबसायिक पसल तथा उधोग कारखाना तथा फर्महरुलाई कडाइका साथ बन्द गर्न गराउन सूचना जारी गरिसकेको छ भने गाउपालिकाले पनि माइक तथा स्थानिय संचार गृह मार्फत घरबाट बाहिर ननिस्कन र सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्दै सूचना तथा प्रचार प्रसार गरेको छ।

Comment As:

Comment (0)