ओझेल भित्रका सचेतना अभियान
No icon

वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा नियुक्त

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सांसद भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै गौतमलाई राष्ट्रिय सभा सदस्य नियुक्त गरेकी थिइन्।

गौतमले विहीबार राष्ट्रिय सभा सदस्यको सपथ लिएका छन् । प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा पराजित नेकपाका नेता वामदेव गौतम पराजित भएका थिए । 

गौतमले आफूलाई प्रधानमन्त्री बनाउनका लागि ०७४ को प्रतिनिधिसभा सदस्यमा पराजित भएलगत्तै प्रतिनिधिसभामा छिर्ने ढोका खोज्न सुरु गरेका थिए ।

उनले सुरुमा तत्कालीन एमालेबाट ललितपुरबाट चुनाव जितेका सांसद नवराज सिलवालको ठाउँबाट आफूलाई संसदमा छिराउने प्रयत्न गरे । त्यस्तै बर्दिया २ बाट निर्वाचित सांसद सन्तकुमार चौधरी, पूर्वी रूकुमबाट निर्वाचित कमला रोक्का, नवलपुर–२ बाट निर्वाचित तिलक महत, बाँके–३ का नन्दलाल रोकाया, कञ्चनपुर–३ बाट जितेका दीपकप्रकाश भट्ट लगायतलाई पनि गौतमले फकाएकतै सांसदले मानेनन, कतै जनविरोधले रोक्यो ।
अन्तिममा काठमाडौँ–७ बाट चुनाव लड्न खोजे । सांसद रामवीर मानन्धरलाई मनाउन पनि सफल भए । मानन्धरले पत्रकार सम्मेलन गरेर गौतमका लागि छाड्न तयार भएको बताए । तर, यहाँ पनि जनविरोधका कारण सफल हुन सकेनन् । पोखरामा पनि स्व। रविन्द्र अधिकारीको ठाउँमा चुनाव लड्ने चर्चा थियो, तर, गौतम पछि हटे ।

तथापि गौतमको संसद छिर्ने महत्वाकांक्षा त्यतिमै रोकिएन । आफूलाई सांसद बनाउने वा प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाउने सर्तमा पार्टीको आन्तरिक विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको वीचमा रहेर आफ्नो प्रयासलाई जारी राखे । अन्ततः उनी पार्टीबाट निर्णय गराएर सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुँदै राष्ट्रिय सभा सदस्य बन्न सफल भएका छन् ।

Comment As:

Comment (0)