ओझेल भित्रका सचेतना अभियान
No icon

एमाले पदाधिकारी निर्वाचनमा कसको कति मत ?

सकियो एमाले महाधिवेशन - अध्यक्षमा सर्वाधिक मतसहीत केपी शर्मा ओली

 

एमालेको महाधिवेशन औपचारिक रुपमा सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रुपमा महाधिवेशन सम्पन्न भएको घोषणा गरेका हुन् । 

एमालेले महाधिवेशनमार्फत अध्यक्षसहित पदाधिकारी, केन्द्रीय सदस्य, लेखा आयोग र अनुशासन आयोगको टीम निर्वाचित गरेको छ ।

एमालेको महाधिवेशन मंसिर १० देखि सुरु भएको हो । महाधिवेशन १२ गते नै सकिने भनिएपनि निर्वाचनमा ढिलाइ भएपछि दुई दिन लम्बिएको थियो ।

महाधिवेशनको उद्घाटन चितवनस्थित नारायणी किनारमा भएको थियो भने उद्घाटन सौराहामा भएको थियो

मंसिर १४,एमालेको १०औं महाधिवेशनमा पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको थियो । मतदानको अन्तिम मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८३७ मत ल्याउँदै निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी भीम रावलले भने २२३ मत प्राप्त गरेका छन् ।

फाेटाे ः कान्तिपुरबाट

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याइन् । उनले १९७६ मत प्राप्त गरिन् । उपाध्यक्षमा निर्वाचित सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत प्राप्त गरे । उपाध्यक्षमा पराजित घनश्याम भुसालले ७२५ मत ल्याए । 

सचिवमा गोकर्ण विष्टले सर्वाधिक १९७४ मत प्राप्त गरे । योगेश भट्टराईले १९६०, टोपबहादुर रायमाझीले १८०४, छविलाल विश्वकर्मा १८०३ र पद्मा अर्यालले १७९९, लेखराज भट्टले १७०४, र रघुवीर महासेठले १५०० मत ल्याउँदै सचिव पदमा निर्वाचित भए ।

सचिवमा पराजित भीम आचार्यले ७८८ सय र टंक कार्कीले ५५९ मत प्राप्त गरे ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत चयन भए । 

चितवनका ज्ञवाली प्रचण्डपुत्री रेणु दाहालसँगको निर्वाचनमा भरतपुरको मेयरमा उम्मेदवार भएदेखि नै चर्चामा छन् । उनलाई हालै गठबन्धन सरकारले राष्ट्रिय भूमि आयोगको अध्यक्षबाट हटाएको थियो ।

ज्ञवालीपछि दोस्रो लोकप्रिय मत ठाकुर गैरेले पाएका छन् भने तेस्रो लोकप्रिय मत किरण गुरुङले पाएका छन् ।

खुलातर्फ केन्द्रीय सदस्यहरुको मत अग्नि खरेल १७८४,अच्युत मैनाली १७६३,अरुण नेपाल १७८४,कपिलदेव पोखरेल १५७७,कमल चौलागाई १७४०,,कर्णवहादुर थापा १७०५,काशिनाथ अधिकारी १८०६,किरण गुरुङ १८११,किरण पौडेल १६४४,किशोरविक्रम मल्ल १७८७,कुमार दशौंदी १६५०,कृष्णगोपाल श्रेष्ठ १७४५,कृष्ण प्रसाद दाहाल १७११,कृष्ण प्रसाद पौडेल १६७७,कृष्ण वहादुर थापा १७२६,खगराज अधिकारी १७९७,खड्गवहादुर खड्का १५८८,खिमलाल भट्टराई १७६९,गणेश पहाडी १७८१,गणेश ठगुन्ना १७३५,गिरिधारीलाल न्यौपाने १६२९,गुरु बराल १७३०,गोकुल बास्कोटा १७१२,गोरखवहादुर बोगटी १७५०,गोविन्द थापा १६०८,घनश्याम पाण्डे १७२७,घनश्याम भुसाल १२६५,चेतनारायण आचार्य १६५०,चन्द्रवहादुर खड्का १६६२,जगन्नाथ थपलिया १७१६,जीवन घिमिरे १७२२,झपट रावल १७२५,ठाकुर गैरे १८३२,राजन भट्टराइ १७५९,दधिराम न्यौपाने १६४१,दयालवहादुर शाही १७१५,दल रावल १६७२,दिवाकर देवकोटा १६२७,देवराज घिमिरे १७५२,देवी ज्ञवाली १८७७,देवेन्द्र दाहाल १७०३,नरवहादुर धामी १७१८,नवराज रावत १७०४,नारायण सिलवाल १६४४,निर्मल भट्टराई १४८०,पठानसिंह बोहोरा १६४४,परशुराम मेघी गुरुङ १७८३,पार्वत गुरुङ १७९७,पुरुषोत्तम पौडेल १८०६,प्रकाश शाह १७१४,बलराम अधिकारी १६९०,बालकृष्ण ढुंगेल १६६६,भानुभक्त ढकाल १७९९,भीम आचार्य १३९३,भीम कार्की १५९२,भीम रावल ९०४,मणी थापा १६९१,मनोजजंग थापा १५४२,महेश बस्नेत १७२५,माधव अर्याल १६६९,यज्ञराज सुनुवार १७५२,यमलाल कडेल १७२०,रघुजी पन्त १७२५,रविन कोइराला १६०४,रविन्द्र अधिकारी १६९६,राजवहादुर बुढा १६००,राम राना १५४६

राजिव पहारी १६३६,रामशरण बस्नेत १५९३,रामेश्वर फुयाल १६९६,राजेन्द्र गौतम १६३९,रोमनाथ ओली १५२७,लक्ष्मणराज ज्ञवाली १५४९,लक्ष्मी पोखरेल १४६३,विनोद ढकाल १५६१

शिवराज सुवेदी १४११,शेरवहादुर तामाङ १७१०,शेरधन राई १६५६,श्रीप्रसाद जगेबु १३४४,सन्जिव झा १२६८,सुर्य ढकाल १४२३,सुर्य थापा १४८५,सोम मिश्र १४९४,

हिक्मत कार्की १५८९ काे रहेकाे छ ।

१०औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ । एमालेको पहिलो बैठक चितवनस्थित सौराहामा बसेको हो । बैठकले कुनै निर्णय नगरे पनि ओलीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा ओलीले पार्टीलाई निर्वाचन केन्द्रीत बनाएर देशको शक्तिशाली पार्टी बनाउने बताएका छन् ।

केन्द्रीय कमिटीको अर्को बैठक मंसिर २५ र २६ गते बस्ने पनि उनले जानकारी दिए । सोही बैठकबाट पोलिटब्यूरो, स्थायी कमिटी निर्माण र जिल्ला तथा प्रदेश कमिटी अधिवेशन कार्यतालिका बन्ने ओलीले बताए ।

Comment As:

Comment (0)