
भारतलाई कालापानीबाट सेना फिर्ता लैजान प्रधानमन्त्रीको वलीको आग्रह
१ मंसिर, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले एक इन्च नेपाली भूमि पनि मिच्न नदिने भन्दै कालापानी क्षेत्रबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् ।
हालसालै भारतले जारी गरेको राजनीतिक नक्सा बारे प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चबाट पहिलो पटक बोलेका हुन् । भारतीय नक्साको नेपालमा सबैले विरोध गरेका छन् र दुई साता अघि प्रधानमन्त्री ओली नै बोलाएको सर्वदलीय बैठकले भारतसँग उच्चस्तरमा वार्ता गर्न आग्रह गरेको थियो ।
तर पछिल्ला दिनहरुमा विपक्षी दलका नेताहरुले प्रधानमन्त्री किन मौन भन्ने प्रश्न गरेका थिए ।
प्रधानमन्त्री ओलीले भने दशकौं अघि अतिक्रमित भूमिको विषयलाई लिएर अहिले भर्खरै सीमा मिचिएको जस्तो गरेर प्रचार भइरहेको भन्दै असन्तुष्टि समेत जनाए ।