ओझेल भित्रका सचेतना अभियान
No icon

प्रदेश ५ को राष्ट्रियसभा निर्वाचनमा नेकपा विजयी

 प्रदेश ५ को दाङमा राष्ट्रियसभा सदस्यका लागि बिहीबार भएको निर्वाचनमा नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन् । सत्तारूढ दल नेकपाबाट अपाङ्ग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भएका छन्।

राष्ट्रिसभाका तीन जना सदस्य पदका लागि नौ जना बीचमा प्रति पर्धा भएको थियो। नेकपा र कांग्रेसबाट समान तीनरतीन जना, समाजवादी पार्टीबाट दुई जना र राष्ट्रिय जनमोर्चा पार्टीबाट एक जनाले प्रतिस्पर्धा गरेका थिए।

कांग्रेसबाट महिला सदस्यमा दाङबाट गिरिजादेवी न्यौपाने, अल्पसंख्यक सदस्यमा बाँकेबाट मेराज अहम्मद हलवाई र अन्यबाट अर्घाखाँचीबाट बालकृष्ण पाण्डेय उम्मेदवार थिए। त्यस्तै, समाजवादी पार्टीबाट अल्पसंख्यक सदस्यमा बाँकेबाट सुनिलकुमार सिंघल र अन्यबाट बर्दियाका कृष्णप्रसाद अहिर उम्मेदवार थिए।

Comment As:

Comment (0)