ओझेल भित्रका सचेतना अभियान
No icon

रूपन्देहीमा अाज थपिए ९१ जना काेराेना संक्रमित

 

असाेज १५, बिहीबार।

बुटवल । रुपन्देहीमा पनि कोरोना संक्रमितको संख्या बढ्ने क्रम दिनप्रति दिन बढिरहेको छ ।

बितेकाे २४ घण्टामा रुपन्देहीमा थप ९१ जनामा संक्रमित पुष्टि भएका छन् । अाज बुटवलमा मात्र ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्, यस्तै जिल्लाको तिलोत्तमा नगरपालिकामा १६ जना, सिद्धार्थ नगर नगरपालिकामा ८ जना, सुद्धोदन गाँउपालिकामा ५ जना, सैनामैना नगरपालिकामा ४ जना, सियारी गाँउपालिकामा २ जना तथा रोहिणी र मायादेबी गाँउपालिकामा १।१ जना नयाँ संक्रमित थपिएका छन् ।

हालसम्म रुपन्देहीमा कुल संक्रमितको संख्या २७०२ जना पुगेको छ, भने २५ जना कोरोना संक्रमितको जिल्लामा मृत्यु भएको छ ।

 

Comment As:

Comment (0)