ओझेल भित्रका सचेतना अभियान
No icon

बुधबार काराेनाका थपिए ४३४४ जना संक्रमित, थप ८१ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा देत्रभरमा काेराेनाका थप ४३४४ जना संक्रमित पुष्टि भएको छन् भने थप ८१ जनाकाे मृत्यु भएकाे छ। साथै यही अवधिमा थप ५ हजार ७६८ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४७ जनाको पीसीआर र ४५६८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३४४९ र ८९५ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट कूल ५ लाख ९८ हजार ८१३ जना संक्रमित फेला परेका छन् एन्टिजेन विधिबाट १६ हजार ८३९ संक्रमित फेला परेका छन् । 

मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये ५ लाख १० हजार २९८ जना निको भइसकेका छन् । पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुने संख्या बढिरहँदा सक्रिय संक्रमितको संख्यामा पनि कमी आइरहेको छ ।

हाल देशभर ८० हजार ३३६ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ७४ हजार ४३८ जना होम आइसोलेसनमा, ५ हजार ८९८ जना संस्थागत आइसोलेसनमा, १ हजार ३१२ जना आईसीयू तथा ३७५ जना भेन्टिलेटरमा रहेका छन् ।

नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट  ८ हजार १७९ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को मृत्यु दर १.६ प्रतिशत रहेको छ ।

Comment As:

Comment (0)