
विपिन रावत संगको क्षणिक भेटघाटको सम्झना
विपिन रावत संगको क्ष्ँणिक भेटघाटको सम्झना
लीला राना
कप्तान धन बहादुर राना (कर्णेल) सँग विवाह (२८ अप्रेल १९७७) पछि लेह, भारत–चीन सिमाना विश्वको अग्लो युद्ध स्थल, सैनिक तैनाथ लेह, कारु केही महिना बसोबास महू(मध्यप्रदेश) केही महिना जामनगर (गुजरात) केही वर्ष, पुँछ, पाकिस्तान सिमाना केही महिना पछि योल (धर्मशाला) हिमांचल प्रदेश, बकलोह केही वर्ष (चम्बा जिल्ला) चण्डीगढ, राँची (झारखण्ड), कलकत्ता, विनागुडी (प.बंगाल) देहरादुन (उत्तराखण्ड) गोरखपुर (उत्तर प्रदेश) हुदै २००७ मा कर्णेल राना सेवा निवृत्त भए । म विभिन्न स्थानहरुमा कर्णेल धनबहादुर रानासँग “घुम्दै घुम्दै रुम्जाटार” भने झै उनीसँगको बीस वर्षको लामो सैनिक पत्नी भएर उहाँको सैतिस वर्षे सैनिक जीवन सेवा निवृत भएर हामी नेपाल फर्कियौ । भारतमा गोरखा सैनिकहरुको सैनिक जीवन प्रत्यक्ष रुपमा एक अधिकृत पत्नी भएकोले देखे, अनुभव गरे । “फिल्ड र पिस” भन्ने स्थानहरुको अनुभव गरे । जब सैनिकहरु २–३ वर्षको लागि फिल्ड भनेर पोस्टिङ्ग जान्थे, रातदिन “जान हथेलीपे” भन्थे । थाहा हुँदैन थियो ठेस कसरी लाग्ने हो, कहाँ लाग्नेहो, ‘फिल्ड’ भन्ने उत्तेजित सस्थाहरुबाट (सिमाना) ठूलो–ठूलो लडाकु हवाईजहाजहरुले उडान भर्दथे मेरो मुटुको धड्कन उत्तिकै तेजले चल्दथ्यो ! अब के समाचार आउछ ! कस्तो पत्र आउछ ! हवाईपत्रमा लेखिएको पत्रहरु, सेनसर भएर घरमा (नेपाल) आइपुग्दा घरको ठेगाना मेटिन्थ्यो, सेनसर बोर्डको छाप मात्र लागेको हुन्थ्यो, मेरो हातमा पत्र अलग, लिफा अलग! हवाई पत्र त पट्टिएरै मात्रै आउथ्यो ! थाहा छैन मैले पढ्नु भन्दा अगाडि कति जनाले मेरो पत्र पढेहोलान्, मलाई लाग्दथ्यो सवै जनाले पत्र पढेन होला ठिकै छ ! हुलाकीले फलना लाहुरेको पत्र रहेछ लगिदिनु भन्थे । मलाई दुःख के थियो भने नेपालमा हवल्दार, जमदार, सुबदार थुप्रै थिए तर पाल्पामा त्यसवेला पत्रपठाउने (प्रेसक) लेख्ने र पत्र पठाउने कप्तान, मेजर, फेरी कर्णेल लेखेर पत्र पठाउने उहाँ (मेरो श्रीमान) मात्र एकलो व्यक्ति थिए (१९८९–९०) त्यस छेका पाल्पा, दर्छामा हुलाक, दूर सञ्चारको पनि सुविधा थिएन जे होस् गजबको अनौठो अतुल्य अनुभवहरु म सँगै छ ! रामपुर पढ्न जाने, लाम्टाङ, देउराली खरक सिंन्हा, टुभाग, फूलबारी, मौलाथरका स्कुलेहरु ७–८ जना केटाहरु थिए । उनिहरुलाई पर्खि बस्थे । कहिले काही उनीहरुले हुलाकबाट मेरो पत्र ल्याई दिन्थे मैले पाँच दश रुपैया दिन्थे फेरी उनीहरु स्कुलबाट हुलाक पुगेर आउने पनि गर्दथे । सीता कुण्डको वन, खरकको बन, घिमिरे बनको गोरेटो बाटो, हात्ती, गैडा नभएनी चितुवा, निगालेबाघ, बनबिरालो, स्याल, ब्वाँसो, खरसाँभे, अजिंगर, बाँदर र ढेडुवाहरुको डर नहुने होइन बच्चाहरु एक जना नआए पनि सबै स्कुल नजाने या कोइ मान्छे (अभिभावक) जानु पर्ने । “पिस पोस्टिङ्ग” भन्ने वित्तिकै जामनगर, बकलोह, धर्मशाला, चण्डीगढ, कलकत्ता, देहरादून, गोरखपुर, लखनउ, दिल्ली जस्ता रमाइलो स्थानहरु हुन । कर्णेल रानाको फिल्ड पोस्टिङ्गको बेला प्राय म नेपालमै बस्दथें ।
कर्णेल धन बहादुर रानाको सेवा निवृति पछि हामीहरु विभिन्न संघसंस्थामा आवद्ध भयौं । गाउँ–गाउँ पृुगेर हामीले भूतपूर्व सैनिकहरुबारे चासो राख्न लागियो ! यसरी हेर्दा भूतपूर्व सैनिकहरु भन्दा बढी चासो मलाई एकल महिलाहरुको लाग्यो । १९८४ भन्दा अगाडि त झनै दुःख थियो । श्रीमान्को मृत्यु पछि एकल महिलालाई बाँच्न भन्दा मर्नु निको झै लाग्दथ्यो । एकल महिलाहरु (विधुवा) को असहनिय बेथा देखेर तत्कालिन पूर्व प्रधानमन्त्री स्व. इन्दिरा गान्धीले जुन पेनसन भनेर सहयोग दिनु भयो त्यो सहयोगको मूल्य अतुलनिय छ । उहाँको आत्माले मोक्ष प्राप्त गरुन्, स्वर्गमा बास !
साना ठूला कारणहरुले गर्दा एकल महिलाहरुले भारत सरकारले दिएको सहयोगबाट अलगियो, श्रीमान्ले नागरिकता र सिटरोलमा लेखिएको नामको ध्यान राखेन, आफूले जे नामले बोलायो त्यहि नाम र माइतीमा आमा–बाले दिएको नाम बिवाह पछि जात परिवर्तन, विवाह अघिको नागरिकता बा को नाम र बिवाह पछि पतिको नामबाट, निकालिएको नागरिकतामा नाम र जाति फरक पर्न गयो, कहि कतै सौता सौतीहरु नयाँ कानुन बमोजिम बहु बिवाह, जेठी पत्निको मृत्यु पछि कान्छी बैनि विवाह गर्दा उमेरको फरक आयो कही कही मृतक पत्नि र कान्छी पत्निको नाम एकै पर्दा पनि अप्ठेरो प¥यो । यस्तो कागजातहरुको मोटामोटी हिसाव निकाल्दा अधिराज्य भरिका भूतपूर्व सैनिकहरुको एकल महिलाहरुको संख्या पन्ध्रहजारको हाराहारीमा निकालेर हामीले काठमाडौंमा म्भाभलकभ ब्ततबअजé सँग छलफल गर्दै गयौ फेरी पनि विभिन्न कारणले धेरै मात्रामा कागजात फर्छ्यौट गर्न सकेनौ !
२०१५ मा भूतपूर्व सैनिकहरु आर्मी चिफ जनरल दलवीर सिंह सुहागसँग समय मागी डेलिगेसन गयौ, त्यसपछि केही मात्रामा कागजातहरु सदर गरी केही भूतपूर्व सैनिकहरु एकल महिलाहरुले पेनसन पाउने भए, यसमा पूर्व सैनिकहरुका कागजातहरु पनि नमिल्दा, जनजातिहरु र क्षेत्री, बाहुनको थर एकै भएकाले नागरिकता सँग नाम नमिले पछि कागजात र नागरिकता सदर गरी भू.पू. परिवारहरुले पनि पेनसन पाए । यस्तै २० नोभेम्बर २०१९ मा फेरी हामीहरु तत्कालिन आर्मी चिफ जनरल विपिन रावतसँग समय मागी हामी कर्णेल धन बहादुर थापा, कर्णेल धनबहादुर राना, श्रीमती लीला राना, क्या. मन बहादुर थापा, क्या. कृष्ण बहादुर थापा, सु.मे. मेघराज टनडन, श्री गर्ज बहादुर गुरुङ्ग र श्री किशोर कुमार राई आठ सदस्य डेलिगेसन गयौ । समयमै हामी चिफको घरमा पुगियो । परिचयको क्रममा मैले भने म लीला राना भूतपूर्व सैनिक संघ महिला विभागको अध्यक्ष उहाँले “ओहो! भन्नु भो आफ्नो मोवाइल थिच्नु भो ‘हेलो’ तिमी जानु लागेको? यहाँ आउ नेपालबाट मिसेस राना र भू.पू.हरु आउनु भाछ । सहायकहरुले पानी, नास्ता, चाय, कफि ल्याई पु¥याए, सबै घरमै बनेको नास्ताहरु थिए। एकै छिनमा श्रीमती मधुलिका रावत हामी बसेको बैठक कोठामा आउनु भयो । आपसको परिचय पछि हामीले मुद्दामा कुरा उठायौ, झण्डै झण्डै दुई घण्टा जति भै सकेको थियो कप्तान साहाब ब्म्ऋ ले आएर अगाडिको कार्यक्रम ढिलो भएको बारे जानकारी गराउनु भयो तर जनरल विपिनले आफू र मेडम अलग अलग स्थानमा (मिटिङ्गमा) जानु केही समय लाग्ने भएकाले ब्म्ऋ लाई जानकारी गराउन पठाउनु भयो । हामीहरु उठ्न लागेका तर अरु केही कुरा छ भनी सोध्नुभो मैले भू.पू. पत्निहरुको अनुमानित संख्या बताउँदै पेनसन नपाएको कुराहरु राखे, भूतपूर्व सैनिकको पत्नीले भूतपूर्व सैनिकको पत्नि भनी प्रमाणित गर्नुपर्ने, विवाह दर्ता माग्ने, नाम थर नमिल्ने जस्ता झिना मसिना कुराले एकल महिलाले पेनसन् नपाको र एकल महिला मृतक भूतपूर्व सैनिकको देहान्त पछि किरीया बसेको, जग्गा जमिन पत्निको नाममा नामसारी भाको, नागरिकता भूतपूर्व सैनिककै नामबाट लिएको, पत्नि र सन्तानहरुको नाम सिटरोलमा समावेश गरेपछि ऊ मृतक भूतपूर्व सैनिकको पत्नि नै हो भन्ने ठहर साथ एकल महिलाहरुले पेनसन पाउनु पर्छ भन्ने कुरा राखे । कर्णेल धन बहादुर राना, कर्णेल धनबहादुर थापाले ऋक्म्, मृतक सैनिकहरुको लास नेपाल ल्याएर अन्तिम संस्कार गरिदिने, शहिदका आफन्तका इच्छा, नवलपरासी जिल्ला, रमवापुर, सुनवल नगरपालिका–४, मा शहिद स्मारक बनाउन आर्थिक सहयोग र नेपालमा पनि आर्मड फोर्स ट्रिविनल ल्याउने, नेपालमा असम्भव भए सुनौली, नौतनवा वा गोरखपुरमा भए पनि एउटा शाखा खोल्न आग्रह गरियो ।
प्राकृतिक आपत, बिपत बाढी, पहिरो, भुकम्प होस यो कोरोनाको कहर सहयोग र टतज , ठतज एबथ ऋयmmष्ककष्यल को बढोत्तरीको रकम प्रथामिकताका साथ गोर्खाली पल्टनको भू.पू.हरुलाई उपलब्ध गराएका थिए । जनरल विपिन रावतको बुबा पनि गोर्खा पल्टनकै अधिकृत थिए बुबा लेफ्टिनेन्ट जनरल लक्ष्मण सिंह रावत ! जनरल विपिन पनि ९ज्ञट।ज्ञद्द।ज्ञढठड०ज्ञज्ञतज गोर्खा राईफल पल्टनमै २० वर्षको उमेरमै अधिकृत भएर आएको थियो । सन् ३१ डिसेम्बर २०१७ मा उनी गोर्खा रेजिमेन्टबाट सेनाध्यक्षमा पुग्ने तेस्रो अधिकारी हुन् । उनी नेपाली भाषा प्रष्टै बोल्न सक्नुहुन्थ्यो । अतः हामीलाई छलफल गर्न सहज भएको थियो । उस्तै श्रीमती मधुलिका रावत पनि नेपाली बोल्न÷बुझ्न सक्नुहुन्थ्यो । नेपालको लागि सेना सहचरी ९म्ब्० कर्णेल अभीनीत चाम्वीयालले आफ्नो कार्यकाल सकेर पल्टन फर्किने बेलामा लगभग ७ हजारको एकल महिला र भूतपूर्व सैनिकहरुको पेनसन कागत मिलाएर जादै छु, भन्नु भाको थियो । उहाँलाई धेरै धेरै धन्यवाद, आभार प्रकट गर्दछौ, साथै उज्ज्वल भविष्यको कामना गर्दछौं । जनरल विपिनले हामीलाई नेपालमा भेटौला भन्नु भाको थियो । तर भुकम्प, कोरोना र विभिन्न राजनितीक, अस्थिरताको कारणले नेपाल भ्रमण आउनु भाको सेनाध्यक्षज्यूहरुलाई हामीले एउटा ¥याली सभा पनि सम्पन्न गराउन सकेनौ । सेनाध्यक्षलाई २०७३ चैत्र १६ मा नेपाली सेनाको मानार्थ महारथीको रुपमा हाम्रो राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान गर्नु भएको थियो । उहाँको सेनाध्यक्षको कार्यकाल पुरा भए पछि २०२० जनवरी १ मा उनी पहिलो चिफ अफ डिफेन्स स्टाफ ९ऋम्क्० बन्नु भएको थियो ।
मंसिर २२ गते २०७८ भारतको तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएको हाम्रो अभिभावक विपिन रावत, श्रीमती मधुलिकाको यो क्षतीले हामीलाई मर्माहत पारेको छ । विश्वास गर्न अनमन छ । उहाँहरु हाम्रो अभिभावक थिए, आफ्नो व्यस्ततालाई पर राखेर तीन–तीन घण्टा सम्म हाम्रो ( भूतपूर्व सैनिकहरुको) समस्याहरु सुन्नु भयो, सुल्झाउनको आश्वासन दिनुभयो । एउटा आर्मी चिफले भूतपूर्व सैनिकहरुको समस्या यति धेरै समय लगाएर सुन्न सक्नु समाधान गर्न प्रयत्न गर्नु भएको उहाँहरुको हामी माथिको भरोसा, स्नेह र हामीलाई मान सम्मान गर्नु हुने एक मात्र आर्मी चिफ हुन् । मध्य नेपालको सुनवल नगरपालिका वडा नं. ४ मा नेपालकै पहिलो सहिद स्मारक बनाउनमा सक्दो आर्थिक सहयोग सम्म दिने कुरा भन्नु भएको थियो । यस्तो हाम्रो भेट विश्वकै, पहिलो र अन्तिम बिर्सन नसक्ने अमूल्य, अद्भूत भेटघाट, ऐतिहासिक भेटघाट थियो ! कोयंबटुर सुलुरको बीच वनमा भएको हेलिकप्टर दुर्घटनामा परी असामयिक, आकस्मिक स्वर्गारोहण हुनु भएको आदरणीय अति सक्षम सेनाध्यक्ष जनरल विपिन रावत, मेडम मधुलिका रावत, सहित दुर्घटनामा पर्नु भएका सम्पूर्णमा हामी भूतपूर्व सैनिकहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै उपचार भैरहेको गु्रप क्याप्टेन वरुण सिंहको शिघ्रस्वास्थ्यलाभ दीर्घायूको लागि हामी सबैले श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौं ।
कावासोती–२, नवलपुर गण्डकी प्रदेश