
रोल्पादेखि दाङसम्म समाजसेवामा योगदानः सतबहादुर रोका
२००६ सालमा रोल्पाको थवाङ गाउँपालिकामा जन्मेका सत बहादुर रोका मगर समाजसेवामा अहम भुमिका निभाउँदै आएका परिचित व्यक्ति हुन् । उनी जन्मेको एक वर्षमा बाबा गुमाए पछि बाध्यता र परिस्थितिले आमाबाट पनि टाढा हुन पुगे । उनलाई बालापनको उमेरदेखि नै बाबाको माया र आमाको न्यानो काँख कस्तो हुन्छ भन्ने राम्रोसँग अनुभव नै छैन । आमा बाबाको माया नपाए पनि घरका बाजे बजैको काँखमा हुर्कदै गर्दा आर्थिक देखि लिएर कुनै कुराको कमी भएको महसुुस भएन ।
गाउँकै स्कुलमा कक्षा ८ सम्म अध्ययन गरे पनि उच्च शिक्षा हासिल गर्ने रहर भने रोका मगरको मन भित्र अधुरो नै रहेको थियो । गाउँले जीवन घाँस दाउरा वनपाँखा गर्दैमा बाल्य अवस्था वितेको पट्टै भएन उनलाई । सानोमा सोच्ने गर्थे उच्च शिक्षा हासिल गरी यो देशको सेवा र यो समाजमा केहि गर्र्छु भन्ने तर यो सोचाइले सिमा पार गर्न नसके पनि आफ्नो समाजमा सामाजिक अभियन्ता बनेर आज समाज सेवामा अब्वल देखिन्छन् ।
त्यो बेला उनका समकालिन साथीहरु भारतीय सेनामा लाहुरे हुने तछाड मछाड गर्दै आफ्नो युवा अवस्था पसिनासँग पैसा सात्दै थिए । यद्यपी आफ्नो बाजे र बुवा लाहुरे भए पनि रोका मगरलाई लाहुरे जीवन बिताउन पटक्कै मन परेन । किन भने मगर जातीमा लाहुरे हुने प्रवृति बढ्दो थियो, लाहुरे संस्कारले हाम्रो जनजाति समुदायमा राजनीतिक धार्मिक, शैक्षिक लगायत हरेक क्षेत्रमा पछाडि परेको महसुस उनले राम्ररी बुझेका थिए ।
त्यसकारण रोका मगरलाई पैसा मात्र ठुलो कुरा होइन भन्ने लाग्थ्यो । हरेक मान्छेको मनमा आफ्नो भविष्य र घर परिवारको लागि आफु बन्नु पर्छ भन्ने स्वार्थ लुकेको हुन्छ । तर सत बहादुर मगरले आफ्नो लागि कहिल्यै सोचेनन् यहि समाजमा बसेर समाजलाई केहि योगदान पु¥याउनु पर्छ भन्ने महान सोच थियो ।
यद्यपी आफ्नो लागि होइन यो समाजको लागि सोच्ने सत बहादुर रोका मगर जस्ता स्वच्छ छवी भएका व्यक्तिहरु आज यो समाजमा कमै मात्र भेटिन्छन् । २०२३ सालमा रोल्पाकै गाउँमा वडा सदस्य हुदै निर्विरोध वडा अध्यक्ष भएर ५ वर्षे कार्यकाल नागरिकको सेवामा जुटेका व्यक्ति पनि हुन् । यो अविधी भित्र उनले सेवाग्राहीलाई दिएको सेवा र नम्र व्यवहार सहित स्वच्छ छवि देखेर त्यहाँका नागरिकले फेरि पनि वडा अध्यक्षमा रहन पहल गरेका थिए । तर उनको मनले पटक्कै नमाने पछि रोल्पामा गाउँ पञ्चायतको प्रधानपञ्च बन्ने दाउँमा चुनाव लडेका थिए । प्रधानपञ्चको चुनावमा झिनो मतले पराजय पछि उनी २०३९ सालमा दाङको घोराही १४ मा बसाई सराई गरेका हुन् ।
उनी बसाई सरेर घोराही झर्दा रोका मगरले त्यो गाउँमा प¥याएको अटुलनीय योगदान सम्झेर रोल्पा गाउँका थुप्रै नागरिकहरु धरधरी रोएर नमिठो मन सँगै आँसुले विदाई गरेका थिए । त्यसो त उनलाई विदाई गर्दा मात्र होइन बसाई सरी घोराही झरे पनि रोल्पाको नागरिकहरु तपाईको कार्यकालमा जस्तो सेवा सुविधा पाउन सकिएन साथै रोल्पा गाउँले विकासको मुहार फेर्न सकेन भनेर घरमै आएर रोल्पाली नागरिकहरु रुने गरेको तितो यथार्थ अझै पनि सतबहादुरको मनभित्र ताजै छ । उनी घोराही झरेपछि बाटोको ठेक्का पट्टादेखि थुप्रै काम गरे पनि रोका मगरलाई समाजसेवा गर्ने मनमा छाप परिरहेको थियो । यसकारण २०५३ सालमा नेपालमगर संंघमा आवद्ध भएर घोराही नगर कमितिको सचिवमा रहे पनि अवधि पूरा नहुँदै जिल्ला सचिवको कार्यभार सम्हालेका थिए ।
त्यस लगत्तै २०५६ सालमा मगरसंघको अध्यक्ष भएर काम गर्दा मगरहरुको भाषा, धर्म, संस्कार सस्कुति खोसिरहेको विरुद्धमा साथै मगरलाई शोषण, दमन अत्याचार र अन्याय भएको विरुद्धमा बुलन्ड आवाज गर्दै राज्यलाई खबरदारी गर्ने दाङ घोराहीका पहिलो व्यक्ति सत बहादुर रोकामगर थिए ।
उनकै कार्यकालमा दाङ जिल्ला मगरसंघलाई व्यवस्थित गर्दैैै सम्पूर्ण जिल्लावासी मगरहरुलाई एकताबद्ध बनाएका थिए । मगरहरुको धर्म र संस्कार हराउँदै गएको अवस्थामा मगरहरुको धर्म बुद्ध हो बुद्ध धर्म मान्नु पर्छ भन्ने उद्धेश्यका साथ २०५२ सालमा घोराही १४ मा नमःछु गुम्बा स्थापना गरी २०५९ सालबाट अध्यक्ष समेत रहदै आएका छन् ।
झण्डै १९÷२० वर्षको लामो धार्मिक, सामाजिक कार्य र विभिन्न संघ संस्थामा आवद्ध रहेर निःस्वार्थ भावनाले अहोरात्र रुपमा खतिएर समाज सेवा गर्न त्यति सहज छैन । यदि सहज नभए पनि रोका मगरले निःस्वार्थ र निश्चल भावनाले लामो समयसम्म जीवन नै समाज सेवामा समर्पित गरी रोल्पा देखि दाङसम्मका व्यक्तिहरुको मन सजिलै जितेका छन् । रोका मगरको घरमा विभिन्न संघ संस्थाले सम्मान गरे को प्रशंसा पत्र देखि मायाको चिनो देख्दा समाज सेवामा कति ठुलो योगदान पु¥याएका रहेछ भन्ने जो कोहिले पनि सजिलै पुष्टी गर्न सक्दछन् । उनी भन्छन् समाज सेवा निःस्वार्थ सेवा हो यो सेवालाई हल्का मनले सोच्यो भने अरुको मन जित्न कहिल्यै सकिदैन त्यसकारण समाजसेवा गर्दा आलताल गरेर समय विताउन कहिल्यै चाहेनन् । यद्यपि आज यो समाजले गर्व गर्न लायक समाजसेवी योद्धा जिउदो इतिहास सत बहादुर रोका मगरलाई त्यहाँका स्थानीय सरकार र समाजले चिन्न जरुरी देखिन्छ । (प्रस्तुतीः चन्द्रा थापा)