ओझेल भित्रका सचेतना अभियान
No icon

नयाँ प्रविधिको चाईनिज विविक्यू रेष्टुरेण्टले बुटवलबासीलाइ मनै लाेभ्यायाे

 

बुद्ध बहादुर कँवर मगर
       व्यवसायी


जीवन एक भोगाई र संघर्ष हो,  जीवनलाई संघर्षको रुपमा परिभाषित गर्ने बद्ध बहादुर कवँरको जन्म भए पछि आज बसन्त ऋतुले यो पृथ्वीमा ४८ औ पटक काचुँली फेरेछ । २०३२ सालमा पाल्पा जिल्ला वगनासकाली गाउँपालिका ३ मा जन्मेका कवँर मेहनेती, लगनशील र स्वाभिमानी व्यक्ति हुन् । समयको माग र परिस्थितिले जन्मेको ठाउँमा बस्न नपाए पनि वाल्यकाल अवस्थामा विताएका पलहरु उनको मनमा अझै पनि ताजै छ । २०५१  सालमा पाल्पा पोखराथोक विष्णु मा.वि.बाट एस.एल.सी उत्तिर्ण गरी तानसेनको बहुमुखी क्याम्पसमा १२ सम्म अध्ययन गरेका कवँरले आफू जन्मेको ३ वर्षमा बाबा गुमाए पछि बाबाको अनुहार यस्तै थियो भन्ने  राम्रोसँग हेक्का राख्न सक्दैनन् । उसो त परिस्थितिबस आमाबाट पनि टाढा हुन पुग्दा आमा बाबाको माया कस्तो हुन्छ राम्रोसंग अनुभव नै गर्न पाएनन् । त्यसैकारण संघर्षसँग जुझारु बनेका कवँर सानै उमेरबाट केही गर्नु पर्छ  भन्ने सोच भएका प्रखर व्यक्ति पनि हुन् । 


२०५४ सालमा पाल्पा हेक्लाङ गाउँको हङकङमा जन्मेकी तारा रानासँग लगनगाँठो कसेपछि कवँरलाई जिम्मेवारी थपिएको महशुस भयो, त्यसलगत्तै उनी श्रीमतिसँग हङकङ गएका थिए । हङकङमा २५ वर्ष संघर्षमय जीवन विताउँदा नेपाली रेष्टुरेण्ट देखि ठेक्कापट्टाको काम समेत गरेका थिए ।
उनले महिनामा सरदर १० लाख भन्दा माथि कमाउने गर्थे, तर कँवरलाई अथाह धन कमाउने मन भने पटक्कै लागेन । २५ वर्ष हङकङमा काम गर्दा कम्पनीका सबै स्टाफ लगायत मालिकको समेत मन जितेर कम्पनीमा सबैभन्दा सिनियर उनी नै थिए तर पनि उनले ३ वटा योजना बनाएर नेपाल आएका हुन । कँवरको योजना नेपालमा बँगुर फार्म सञ्चालन गर्ने, त्यसको उत्पादनलाई मिट सप खोल्ने, मिट सपलाई परिचालन गर्न नयाँ प्रविधिबाट चाइनिज रेष्टुरेण्ट सञ्चालन गर्ने भन्दै  ठुलो मन, फराकिलो विचार र बौद्धिक सोचले प्रवासी जीवनलाई बिट मार्दै नेपाल फेर्केका थिए, किन भने नेपालमा कृषि गर्ने कृषकहरुले भन्दा विचमा व्यापार गर्ने विचौलियाहरुले बढी पैसा कमाउने गरेको सबैलार्ई सर्वविदितै छ । 
त्यसैले आफै उत्पादन, आफै व्यापारी,आफै खपट गर्ने कवँरको सोंच एक वर्ष भित्र सबै पुरा भई सकेको छ । जस्तै बुटवल विनिता कृषि फर्म, बुटवल विनिता मिट मार्ट र चाइनिज विविक्यु रेष्टुरेण्ट । कवँरले आफैले कमाउने भन्दा पनि नेपालमा बेरोजगारलाई रोजगार दिएर उनीहरुको भविष्य जमाउने सोंचले केही गर्ने उद्देश्यका साथ बुटवल सुख्खानगर सुन्दरचोक नजिकै चाइनिज रेष्टुरेण्ट सञ्चालन गरेका छन् ।  हुनत  उनले युवा अवस्थाको जोस जाँगर र उर्जाशील समय हङकङमै बिताए पनि  त्यस वखत संग्रह गरेको करोडौ रुपयाँ  आज नेपालमा  साथीहरुसँग सहकार्य गरी व्यवसायमा लगानी गरेका छन् । 
पछिल्लो समय नेपालमा चाइनिज रेष्टुरेण्टहरु धमाधम सञ्चालन भइरहेको हुँदा  बुटवलमा पनि चाइनिज खानाको नौलो स्वाद लिन चाहाने व्यक्तिहरुको संख्या ह््वाटै बढ्दो  छ । हाल बुटवलमा बुद्ध बहादुर कँवरले चाइनिज वि वि क्यु रेष्टुरेण्ट सञ्चालन गरेको एक वर्ष अविधि भित्र चाइनिज परिकारसँग रमाउन चाहानेहरुको दिनहुँ जमघट देख्दा चाइनिज परिकारले पनि नेपालीहरुको मन सजिलै जित्ने छ भन्ने प्रष्ट बुझ्न सकिन्छ । यो रेष्टुरेण्टमा आधुनिक प्रविधिबाट ७० किसिमका चाइनिज परिकारहरु बन्दछ । यी स्वादिष्ट परिकारहरुको स्वाद लिने ग्राहकहरु विविक्यू रेष्टुरेन्टमा दिनहँ घुइँचो नै लागेका हुन्छन् । चाइनिज परिकारहरुमा ग्राहकहरुको बढी रुची बंगुरको मासुबाट बनेको विविक्यु आइटम यसलाई चाइनिज भाषामा  char siu भन्छन् भने   siu yok hot pot broth होलf बडी चिकन रोस्ट, समुन्द्रको माछाको लेउबाट बनेको सुप लगायत अन्य थुप्रै चाइनिज आइटमहरुले ग्राहकहरुको मन नै लोभ्याएको छ । यी चाइनिज र नेपाली परिकारहरु मिठो स्वाद मानेर ग्राहकहरु सन्तुष्टि भएको  बताउँदै ग्राहकहरु सन्तुष्टि हुनु भनेको आफ्नो व्यवसायमा सन्तुष्टि हुनु हो भन्ने कवँरले सजिलै आकलन गरेका छन् । यसै गरी आधुनिक प्रविधिबाट ग्राहकहरुलाई छुट्टै स्वाद चखाउन चाइनिज विविक्यु पकाउने भाँडा लगायत अन्य सामाग्रीहरु कवँरले हङकङबाट नै ल्याएको बताए । 
यो  रेष्टुरेण्ट बाहिरबाट देख्दा निकै आकर्षक र नौलो देखिए पनि चाइनिज आईटमका मूल्यहरु सामान्य नै रहेकोले बुटवलमा रहनु हुने र बुटवल बाहिरबाट आउने जो कोहीले पनि एक पटक चाइनिज विविक्यूमा  अवलोकन गरी त्यहाँका स्वादिष्ट परिकारसँग आनन्द लिएर रमाउँन सक्नु हुनेछ । साथै यो रेष्टुरेण्टमा रुपन्देही जिल्लाको मात्र नभएर अन्य जिल्लाबाट पनि  नेपाली र चाइनिज ग्राहकहरु नियमित आउने गरेका छन् । 
अहिले देश आर्थिक संकटबाट गुज्रिएको  छ  । व्यवसायीहरु मारमा परेका छन्  यो बेला सञ्चालन  गरेको व्यवसायलाई पछि सम्म टिकाई राख्ने आधारहरु के देख्नु भएको छ ? भन्ने प्रश्नमा उनी भन्छन् । रुपन्देहीमा पनि पर्यटकीय गन्तव्य बोकेका महत्वपूर्ण  ठाउँहरु प्रशस्तै छन्, ती ठाउँहरुलाई मध्यनजर गर्दै बुटवलमा आउने आन्तरिक तथा बाह्रय  पर्यटकहरुलाई चाइनिज विविक्युमा भिञयाउन सकियो भने झनै सुनमा सुगन्ध हुने थियो भन्ने कवँरको ठम्याई छ । 
यद्यपि म सानो साेंच र साँगुरो विचारले नेपाल फर्र्केको होइन आफ्नै देशमा केही गर्छु भन्ने सोच राखेर यी  व्यवसायहरु सञ्चालन गरेको छु । अहिलेको अवस्थामा जसो तसो टिकाई राख्न सकियो भने पछि सहज होला भन्ने आशा राख्दै सोचे जस्तो भयो भने अन्य ठाउँहरुमा पनि शाखा विस्तार गर्ने योजना बनाएको छु भन्ने कँवरको जवाफ थियो । 
उनले यो रेष्टुरेण्टमा ८÷१० जनालाई रोजगार दिएका छन् । उनी आज यो स्थानसम्म आईपुग्दाको श्रेय घरपरिवार र श्रीमती लगायत सुसुरालीको महत्वपूर्ण भूमिका रहेको बताए । साथै बुटवलमा एक प्रतिष्ठित नयाँ प्रविधिको चाईनिज  विविक्यू  रेष्टुरेण्ट व्यवसायमा परिचित भई सकेका बुद्ध बहादुर कँवर रेष्टुरेण्ट व्यवसायको एक उदाहरणीय पात्र  पनि हुन । चन्द्रा थापा मगरबाट 

Comment As:

Comment (0)