ओझेल भित्रका सचेतना अभियान
No icon

नेकपा सैनामैना वाड न. ७ ले काजकिरिया उम्कन सहयोग गर्‍यो

२ मंसिर  २०७७

नेकपा सैनामैना वडा न.७ को वडा कमिटीले काजक्रिया उम्काउन आर्थिक सहयोग गरेको छ ।आर्थिक अवस्था कमजोर भएका कारण काजक्रियामा समस्या भएपछि केही राहत होस भन्ने उद्देश्यले सैनामैना वडा न.७ एकता टोल बस्ने श्याम बहादुर सिंजालीलाई नेकपा वडा कमिटिले सहयोग स्वरुप रु.पन्ध्र हजार नगद प्रदान गरेको छ ।

सहयोग कार्यक्रममा  पार्टी अध्यक्ष शोभाखर बेल्बासेले पार्टिलाइ प्रत्यक्ष तथा अप्रत्यक्ष रुपबाट सहयोग गर्ने एक योद्धा हामीले गुमाएको भन्दै उहाको निधनले हामिलाइ अपुरणिय क्षति पुगेको बताउनुभयो । यस्तै उहाले शोकसन्तब्द परिवाजन प्रती हार्दिक समबेदना समेत प्रकट गर्नुभएको थियो ।  यसैगरी पिडक परिवारले  पार्टिले आफुलाइ सहयोग गरेको भन्दै खुसी ब्यक्त गर्दै काजक्रियामा लाग्ने खर्च कसरी जुटाउने होला भन्ने चिन्ता अब मुक्त भएको बताउँदै सहयोगका लागी धन्यवाद ज्ञापन गरेको थियो ।

नेकपा सैनामैना वडा न.७ का  पार्टी अध्यक्ष शोभाखर बेल्बासे ,वडा अध्यक्ष डिलाराम बेल्बासे , एकता टोल बिकास सस्था अध्यक्ष शोभाखर पौडेल यसैगरी गङ्गाराम अर्याल , तिकल बस्याल , टेकप्रसाद बस्याल लगायतको उपस्थितीमा  सिंजालीको घरमै गएर  सहयोग रकम  हस्तान्तरण गरिएको हो ।

Comment As:

Comment (0)