ओझेल भित्रका सचेतना अभियान
No icon

रुपन्देहीको कञ्चन मा पुर्व प्रदेश सांसद का उम्मेद्बारी सहित ३०० भन्दा बढि नेकपा मा पार्टी प्रवेश

दिनेश घिमिरे रुपन्देही रुपन्देहीको कंञ्चन गाउँपालिकामा प्रदेशसभाका पुर्व प्रत्यासी सहित विभिन्न पार्टि परित्याग गरि ३०० जना नेकपामा प्रवेश गरेका छन । वडा न.४ अस्नैयामा आज(बिहिबार) आयोजित जनसभामा राष्ट्रिय जनमुक्ति पार्टिका नेता तथा प्रदेशसभाका पुर्व प्रत्यासि समेत रहेका दुर्गा रास्कोटी सहित ३०० जना नेकपामा प्रवेश गरेको बताइएको छ । नेपाली कांग्रेस पार्टि परित्याग गरि नेकपामा आउने सख्या बढि रहेको नेकपाले जनाएको छ ।

सभालाई सम्बोधन गर्दै नेपाल कम्यूनिष्ट पार्टिका केन्द्रीय सदस्य लुम्बिनी प्रदेश का उद्योग  वन पर्यटन तथा वातावरण मन्त्री माननीय मन्त्री  लिला गिरिले अव पार्टि एक ढिक्का भएर अघि बढ्ने बताएका छन् । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री समेत रहेका गिरिले नेकपाले देश बनाउने अभियानमा लागी परेको भन्दै नवप्रवेशी हरुलाई अनुुशासीत भएर अगाडी बढ्न आग्रह समेत गरेका छन् ।

मन्त्री गिरिले पार्टिमा भएका अन्तरविरोधलाई छलफलको माध्यमबाट टुगांईने बताउदै अवको कार्यभार भनेकै मुलुक निर्माण मार्फत समृद्धिको यात्रामा अगाडी बढ्ने दृढता ब्यक्त गरे ।निरुङकुशता कानुन भएका कारण नया कानुन निर्माणमै दुई वर्ष ब्यतित भएको तर्क गर्र्दै विकासको संस्थागत मुल्यांकन गर्न समय लागेको उनले बताए । मन्त्री गिरिले ५ वर्षको अवधिमा सामाजिक सुरक्षा भत्ता र अब्यवस्थित समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।


यस्तै सभामा बोल्दै नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले पार्टिलाई अव कुनै शक्तिले विग्रह गर्न नसक्ने दावि गरेका छन् । देशब्यापी रुपमा नै नेकपामा आउनेको लहर बढि रहेको बताउदै ढकालले पार्टि भित्र देखीएको विवाद चाडै समाधान भएर जाने विश्वास उल्लेख गरेका छन् । लुम्बिनी प्रदेश सभाका सदस्य समेत रहेका भुमिश्वर ढकालले देशको मुहार फेर्ने पार्टि नेकपा भएकाले सवैको साथ हुन आवश्यक रहेको औँल्याए ।  रुपन्देही जिल्लामा अधिकांश मानिस सुकुम्बासी भएकाले सुकुम्बासी समस्या समाधान गर्न काम सुरु भएको जानकारी दिदै ढकालले छिटो नै जनतालाई जमिनको मालिक बनाई छाड्ने प्रढ गरेका छन् । रोजगारका अवसर,खेलकुद लगायत पुर्वाधारका क्षेत्रमा आमुल परिर्वतन गर्न सरकार लागी परेको तर्क समेत ढकालले गरे अब प्रधानमन्त्री ओ लि को नेतृत्व सरकार अहिलेसम्म कुनै सरकार गर्न नसके को काम अहिले को सरकारले काम गर्न लागेको भन्दै अब सडक बनाउने कुरो बिद्धुत खानेपानी बिधालय लगाएत मा तिनै तहका सरकार को काम अगाडि बढेको ले आफ्नो कार्यकाल मा चुनाव मा बोलेका काम पुरा गरि छाड्ने अठोट गरे सुकुम्बासी समस्या छिटो समाधान गर्न अहिले को सरकार लागि परेको बताए 

सुकुम्बासी समस्या समाधान गर्न नापजाँचको काम सुरु गरिएको कंञ्चनगाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रिले बताएका छन् । देशभरि १४ बटा पालिका मध्ये कंञ्चनगाउँपालिकामा नापजाचका काम सुरु भएको बताउदै सुकुम्बासी,भुमिहिन समस्या समाधान हुने उल्लेख गरे । नेकपा सरकारले जनपक्षिय भएर कार्य सम्पादन गरेको भन्दै अवको कञ्चन नमुना बन्ने दावि गरे अब सबै समाधान हुने मा कन्चन बासि ढुक हुन समेत आग्रह गरे ।

यस्तै नेकपा कञ्चन गाउँकमिटि अध्यक्ष भरतमणी सापकोटाको अध्यक्षतामा भएको सभामा नेकपा प्रदेश कमिटि सदस्य बाबुलाल यादव,नवप्रवेशी दुर्गा रास्कोटी लगायतले बोलेका थिए भने कार्यक्रममा युवा नेता सन्दीप गुप्ताको स्वागत मन्तब्य तथा हेमा बेल्बासेको सञ्चालन रहेको थियो । सभामा  उल्लेखनीय सहभागिता रहेको  थियो

Comment As:

Comment (0)