ओझेल भित्रका सचेतना अभियान
No icon

बाग्लुङ बढिगाड गाउँ पालिका वाड नं. ६ मा पिकप दुर्घटना १ घाइते २ को मृत्यु

बागलुङको बडिगाड गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । सोमबार बिहान बडिगाड–६ सुडकुडेबाट खारबजार आउँदै गरेको पिकअप जिप दुर्घटना भएको हो । लु १ ज ४३७० नम्बरको पिकअप दुर्घटना हुँदा जिपमा सवार दुई जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीका अनुसार बडिगाड–६ कै २२ वर्षीया टेकमाया रोका र उनको एक वर्षीया छोरीको मृत्यु भएको छ  ।

सडकमा रोकी राखेको जीप एक्कासी गुडेपछि सडकबाट झण्डै २ किलोमिटर तल खसेको प्रहरी निरीक्षक भण्डारीले बताए । सोही जीपमा सवार मनकुमारी रोका गम्भीर घाइते छन्। उनलाई उपचारका लागि वडिगाड पोली क्लिनिकमा लगिएको छ ।

Comment As:

Comment (0)