ओझेल भित्रका सचेतना अभियान
No icon

ट्राफिक नियमको पालना नहुनु, दण्डहीनता बढ्नुका कारणले सडकमा यात्रु अलपत्र

सवारी चालकहरूले सवारी ड्रार्इभिङ्ग गर्दा सवारी नियमको पालना नगर्ने, सडक लेन मिचेर सवारी चलाउने, सवारीको क्षमता भन्दा बढी लोड राखेर सवारी चलाउने, सवारीको सार्इज भन्दा बाहिर राखेर सामानको ढुवानी गर्ने, सवारी चालक अनुमति पत्र नलिर्इ सवारी चलाउने, सवारीको अवस्था ठिक नभएका सवारी गुडाउने यस्तै धेरै कारणले गर्दा सडक अवरुध्द भै हजारौ यात्रु अलपत्र परेको पार्इन्छ । २०७७ साल मंसिर २४ गते पूर्वपश्चिम लोकमार्ग अन्तरगत नवलपरासीको दुम्कीबास देखि भूमहीसम्म करिव ४० कि।मि। सडकमा तिन लार्इन सम्मको सवारीहरू ११ घण्टासम्म सवारीजाम परेको थियो । जामको असर ३ दिनसम्म रहेको थियो । त्यो सवारी जाममा एम्बुलेन्ससम्म पनि आवतजावतमा अप्ठेरो परेको र एम्बुलेन्स समेत केहि समय रोकिनु परेको अवस्था थियो । ट्राफिक प्रहरी र जनपद प्रहरीहरू बाक्लै संख्यामा खटिए पनि सडक अवरोध हटाउन निकै हम्मे हम्मे परेको थियो । प्रहरीको कन्ट्रोल नं। १०३ र १०० मा फोन गर्दा हामी कोशिस गरेका छौ अव एकै छिनमा खुला हुन्छ, बाटोमा एउटा ट्रक बिग्रेकोले क्रेन मेशिन लगाएर हटाइदै छ भन्ने मधुर स्वरमा जवाफ पार्इरहन्थ्यो । तर प्रहरीले कति भ्याउने साना ठूला सवारीले लेन, सार्इडको कुनै विचार नगरी नियम उलंघन गरेर खाली ठाँउ देख्न हुदैन जबरजस्ती बाटो अवरूद्ध गराउन पुग्छन् । कसरी त्यहाँ एम्बुलेन्स चल्न सक्छ। विवाहको सार्इतमा जाने, बालबच्चा, बिरामी जस्ता हजारऔ यात्रीहरू पनि सडकमा अलपत्र परेका थिए । जाडोको अवस्था, रातको समय, धुलो र अध्यारोमा प्रहरीलार्इ सवारी अवरोध हटाउन र बाटो खुलाउन कति सास्ती भएको थियो भन्ने बिषय ड्युटीमा खटिएका प्रहरीलार्इ थाहा होला । सवारी चालकको सानो लापर्वाहीले निकै सास्ती यात्रुहरू र प्रहरीले समेत भोग्नु पर्यो ।

कानुनमा सवारी नियम पालना नगर्नेलार्इ दण्ड जरिवानाको ब्यवस्था छ । सवारी चलाउदा ट्राफिक सङ्केत वा ईशारा उल्लङ्घन गरी सवारी चलाएको, सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको, सवारी मोड्न वा ध्वनि सङ्केत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनी सङ्केत दिएको, सडकमा गलत साइड तर्फबाट सवारी चलाएको, एकतर्फी सडकमा सो विपरीत सवारी चलाएको, अवस्था ठीक नभएको सवारी चलाएको, निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएको, राती बत्ती नबाली सवारी चलाएको, मादक पदार्थ सेवन गरी सवारी चलाएको, अरूलाई बाधा पुग्ने गरी सार्वजनिक स्थानमा सवारी राखेको, सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको, नम्बर प्लेट नराखी सवारी चलाएको, सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा निर्धारित वजनभन्दा बढी वजनको सवारी चलाएको, पेटी नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएको, सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको, सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेको, निर्धारित भाडा दरभन्दा बढी भाडा लिई सवारी चलाएको, लापरवाही साथ सवारी चलाएको, बाटो इजाजतपत्र नलिई सार्वजनिक सवारी चलाएको, चालक अनुमतिपत्र साथमा नराखी सवारी चलाएको पार्इएमा तत्काल सहायक प्रहरी निरीक्षक दर्जासम्मको अधिकृतले जरिवाना गर्न सक्नेछ भन्ने कानुनमा उल्लेख छ । त्यस्तो जरिवानाको रकम लेखिएको समयसम्म पनि अधिकार प्राप्त अधिकारी वा सम्बन्धित प्रहरी कार्यालय समक्ष नबुझाउनेलाई अधिकार प्राप्त अधिकारीले एकहजार रुपैयाँसम्म जरिवाना गरी त्यस्तो व्यक्ति चालक भए चालक अनुमतिपत्र, सवारी धनी वा व्यवस्थापक भए सवारीको बाटो इजाजतपत्र वा निजहरूले यातायात सेवा सञ्चालन गर्न प्राप्त अनुमतिपत्र बढीमा एक महीनासम्मको लागि निलम्बन गर्न सक्नेछ । त्यसरी निलम्बन गरिएको अवधिसम्म पनि जरिवाना नुबझाएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो चालक अनुमतिपत्र, बाटो इजाजतपत्र वा यातायात सेवा सञ्चालन गर्न प्राप्त अनुमतिपत्र खारेज गर्न सक्नेछ भन्ने ब्यवस्था रहेको छ ।
सवारी चालकको लापर्बाही, क्षमता भन्दा धेरै यात्रु तथा भार बोक्ने प्रवृत्ती, सवारी साधन तथा सडकको दयनीय अवस्था, चालकले मादक पदार्थ सेवन गर्ने, सुरक्षा जाँच गर्ने निकायले आफ्नो काम राम्ररी नगरेको जस्ता कारणले सवारी दुर्घटना र सडक जाम हुने गरेको विभिन्न अध्ययनहरूले औंल्याएका छन् । यसै गरी हरेक सडक निर्माणमा सडक सुरक्षाको छुट्टै काम हुनु पर्दछ प्रत्येक वर्ष सडक विभागलाई सडक सुरक्षाका साना तिना कामका लागि भनेर १५र२० करोड रुपैयाँ बजेट छुट्टाएको पार्इन्छ । सडकको नक्सा बनाउँदादेखि निर्माण सम्पन्न गर्दासम्म सडक सुरक्षा परीक्षण गर्नु पर्दछ । सडकहरूमा नै सडक सुरक्षाका लागि अनिवार्य मानिने ट्राफिक बत्तीहरू र प्रयाप्त ट्राफिक संकेत रेखा तथा चिह्नहरू राखेको देखिँदैन। प्रमुख राजमार्गहरूमा समेत पर्याप्त सुरक्षा संकेत चिह्नहरू राखेको पाइँदैन। यस तर्फको कार्य खासै प्राथमिकतामा नपरेको देखिन्छ । सडकको डिजाइन र सडकले थेग्न नसक्ने किसिमका सवारीसाधनको सञ्चालनले पनि सडक दुर्घटना र सडक जाम बढ्दै गएको पार्इन्छ । अत्यधिकरूपमा सवारीसाधनमा नक्कली पार्टपुर्जा प्रयोग हुनु र साधारण मिस्त्रीले सवारी मर्मत गर्नु आदि कारणबाट सवारी दुर्घटना र सवारी जाम बढ्नुका कारक तत्वहरु पर्दछन् ।

सवारी नियम र ट्राफिक नियम पालना नगर्दा बर्षेनी धेरै सवारी दुर्घटना भै धनजनको क्षति भर्इरहेको छ । सडकको अवस्था राम्रो नहुनु, सवारी साधन र चालकलार्इ आराम गर्न रिफ्रेश सेन्टरको ठाँउ ठाँउमा ब्यवस्था नहुनु, सवारी चालकले पूर्णरूपमा ट्राफिक नियम पालना नहुनु, सवारीको अनुपातमा ट्राफिक जनशक्तिको कमी हुनु, नियमनकारी निकायबाट प्रभावकारी अनुगमन नहुनु, ट्राफिक प्रहरीलार्इ स्रोतसाधन र प्रोत्साहन सुविधाको ब्यवस्था नहुनु, बीच बीचमा मालबाहक सवारी वजन गर्ने र जाँच गर्ने सुविधा नहुनु, सडक विभागबाट सवारी चाँप र सडकको अवस्थाको विश्लेषण योजना नहुनु, सडकको गुणस्तर मापन योजना सार्वजनिक गर्न नसक्नु, सडक कार्यालयहरू संघ, प्रदेश कुन मातहतका छन तिनीहरूको सडक विश्लेषण योजना बन्न नसक्नु, साना ठूला सवारीको संख्या अत्यधिक हुनु तर सडकसवारी नियम र ट्राफिक नियम पालना नगर्दा बर्षेनी धेरै सवारी दुर्घटना भै धनजनको क्षति भर्इरहेको छ । सडकको अवस्था राम्रो नहुनु, सवारी साधन र चालकलार्इ आराम गर्न रिफ्रेश सेन्टरको ठाँउ ठाँउमा ब्यवस्था नहुनु, सवारी चालकले पूर्णरूपमा ट्राफिक नियम पालना नहुनु, सवारीको अनुपातमा ट्राफिक जनशक्तिको कमी हुनु, नियमनकारी निकायबाट प्रभावकारी अनुगमन नहुनु, ट्राफिक प्रहरीलार्इ स्रोतसाधन र प्रोत्साहन सुविधाको ब्यवस्था नहुनु, बीच बीचमा मालबाहक सवारी वजन गर्ने र जाँच गर्ने सुविधा नहुनु, सडक विभागबाट सवारी चाँप र सडकको अवस्थाको विश्लेषण योजना नहुनु, सडकको गुणस्तर मापन योजना सार्वजनिक गर्न नसक्नु, सडक कार्यालयहरू संघ, प्रदेश कुन मातहतका छन तिनीहरूको सडक विश्लेषण योजना बन्न नसक्नु, साना ठूला सवारीको संख्या अत्यधिक हुनु तर सडक सञ्जाल बीस बर्ष अघिको सवारीलार्इ धान्न सक्ने हुनु, एकिकृत सडक योजना नहुनु र वास्तविक आवश्यकतालार्इ भन्दा पहुँचका आधारमा सडक निर्माण हुनु, सडक मापदण्ड अनुसारका सडक निर्माण गर्न नसक्नु, सवारी साधन अनियन्त्रित गतिमा चलाउनु र तत्काल त्यसको मापन गरी तीव्र गतिमा चलाएको मापन गर्ने यन्त्र रडारबाट मापन गरी ठूलो जरिवाना वा सजाय गर्न नसक्नु, सडक अनुशासन पटक्कै पालना नहुनु, गल्ती गर्नेलार्इ जरिवाना गराएर छोड्दा पुन गल्ती गरेपनि जरिवाना तिरे हुन्छ भन्ने मनोवल बढ्दै जानु, सडक क्षेत्राधिकारको अतिक्रमण हटाउन नसक्नु, मादक पदार्थ सेवन गरी चलाउनेहरू सवैको चेकजाँच हुन नसक्नु र चेकगर्दा फेला परेपनि जरिवाना तिरे पुग्ने नियम हुनु, सवै भन्दा महत्वपूर्ण विषय सवारी चालक अनुमतिपत्र सजिलै उपलब्ध हुनु, मापदण्ड बमोजिंमका सडक पूर्वाधार नहुनु, सडक निर्माण गर्ने निर्माण ब्यवसायीको कार्यअनुभव र गुणस्तर विश्लेषण नगरी टेण्डर प्रकृयाबाट ठेक्का प्रकृयामा जानु सार्वजनिक खरिदमा कानुनी त्रुटी हुनु, जरिवाना मात्र गराएर नियम उलंघन गर्नेलार्इ छोड्नु आदि जस्ता कारणले गर्दा सवारी दुर्घटना हुने, सडक अवरूध्द हुने, बाटोमा यात्रुहरू अलपत्र पर्ने, बर्षेनी धनजनको क्षती हुने प्रमुख कारण देखिन्छन् । सवारीको क्षमता भन्दा बढी लोड लिर्इ चलाउने चालक र सवारी धनीलार्इ पनि चालकको लापरवाहीको मात्रा हेरी ठूलो जरिवाना गर्ने, अनुमतिलार्इ निलम्बन वा खारेज गर्ने, ट्राफिक प्रहरीलार्इ स्रोतसाधन र प्रोत्साहन सुविधाको ब्यवस्थापन गर्नु जरूरी छ । साथै समय समयमा विभिन्न रायसुझाव लिने र विश्लेषण गरी कानुनी सुधार गर्नु आवश्यक देखिन्छ ।
यिनै सुझावहरूको नियमनकारी निकायबाट सुधार गरी प्रभावकारी कार्यान्वयन हुन सकेमा सवारी दुर्घटनामा कमी आउने, बर्षेनी हुने धनजनको क्षति कम हुने, सडक दुर्घटनामा कमी आर्इ सडकको गुणस्तरमा सुधार हुन सक्ने, सडक जाममा कमी हुने, यात्रुहरूले यात्रामा सास्ती भोग्न नपर्ने र निर्धारित समयमा गन्तब्यमा पुग्न सकिने, सडक पूर्वाधारमा पनि सुधार हुन सक्नेमा विश्वास गर्न सकिन्छ ।
लेखकः- नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।

Comment As:

Comment (0)