ओझेल भित्रका सचेतना अभियान
No icon

प्रधानमन्त्री ले उद्द्घाटन गरेको नेपाल दोस्रो लामो राप्ती नदि को पुल शिला तोडफोड स्थानीय आक्रोशित

बुटवल फागुन १० / रुपन्देहीको मर्चवारमा उद्घाटनका लागि तयार गरिएको सिलालेख हराएको दुई दिन नबित्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको राप्ती नदीको पुलको सिलालेख तोडफोड भएको समाचार सार्वजनिक भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १२ गते लुम्विनी प्रदेशको राजधानी तोकिएका दाङका राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने पुलको प्रधानमन्त्रीले केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । भने २०७३ साल मंसिर २२ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पुलको सिलन्यास गरेका थिए ।
शिलालेख तोडफोड भएको खवर स्थानीयले सनिवार मात्रै प्रहरीलाई खवर गरेका थिए तर उक्त शिलालेख ४/ ५ दिन अघि नै तोडफोड भएको स्थानीयको भनाई छ ।
शिलालेख कस्ले र किन तोडफोड गरेको हो ? भन्ने कुरा खुलि सकेको छैन । सनिवार र आईतवार दिनभर लगाएर खोजी गरेको भएपनि प्रहरीले तोडफोड गर्नेहरुको पत्तो पाउन सकेको छैन ।
लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले ‘शिलालेख तोडफोड र चोरीले बिकाशका आयोजनाको प्रतिफल समाप्त नहुने भन्दै सामाजिक सन्जालमा उल्लेख गरेका । ‘ ’
झन्डै एक अरब लगानीमा निर्मित पुल पुल ८ सय ६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको छ ।
यो. नेपालकै दोस्रो लामो पुल हो । यसले राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने गर्छ ।

Comment As:

Comment (0)