ओझेल भित्रका सचेतना अभियान
No icon

रुपन्देहीको सैनामैना वाड नं. ९मा किसान को लागि सामाग्री वितरण सधैं किसान को साथमा वाड रहेको अध्यक्ष को भनाइ

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ९ ले कृषकहरुलाई किटनाशक औषधी प्रयोग गर्नका लागि टंकी वितरण गरेको छ । वडामा रहेर ब्यवसायिक तरकारी उत्पादन गर्दै आएका ६० कृषकलाई आज ६० वटा टंकी वितरण गरिएको वडा नं. ९ का वडा अध्यक्ष डोलनाथ भण्डारीले जानकारी दिनुभयो ।

नगरपालिकामा दर्ता भएका कृषि फर्म , कृषि समुहका कृषकहरुलाई ब्यवसायिक तरकारी उत्पादनमा प्रोत्साहन गर्नको लागि वडाले बजेट छुट्टाएर कृषि सामाग्री वितरण गरेको उँहाले बताउँनुभयो । वडा ले १ लाख ५० हजार बजेट छुट्टाएर ६० वटा टंकी खरिद गरि वितरण गरेको हो ।

कृषकहरुको लागि वडाले नगरपालिकाको समन्वयनमा बेमौषमी तरकारी उत्पादन तालिम, कृषिको बजारिकरण , कृषि पाठशाला , सामुहिक फुल खेती , पशु तर्फमा गोठ सुधारमा अनुदान , बाख्रापालन पालन तालिम , माछा पालनको लागि पोखरी खन्नको लागि अनुदान दिदैं आएको अध्यक्ष भण्डारीले बताउँनुभयो ।

वडालाई कृषिमा आत्मनिर्भर गर्र्दै कृषकलाई ब्यवसायिक बनाउँन जोड दिएको उँहाले बताउँनुभयो । वडा नं. ९ मा अहिले १२ कृषि समुह , ८ वटा टोल विकास संस्था रहेको छ । वडाले कृषि क्षेत्रमा नगरपालिकाको समन्वयमा करिब १५ लाख बजेट वडामा कृषि तथा पशुपालनमा खर्च गर्दै आएको भण्डारीले जानकारी दिनुभयो । कृषि सामाग्री पाउँदा वडाका कृषक खुशी भएका छन ।

वडा सदस्य सिता पौडेलको अध्यक्षता , वडा अध्यक्ष डोलनाथ भण्डारीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा नेकपा एमालेका निरबहादुर पुलामी , नेपाली कांग्रेसका ईश्वर तिवारी , वडा सचिब रिना गिरी लगायतले बोल्नु भएको थियो ।

Comment As:

Comment (0)