ओझेल भित्रका सचेतना अभियान
No icon

आफ्नो जन्मदिन मनाउने खर्च पत्रकार घिमिरेले कोभिड राहत कोषमा जम्मा

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य नविन घिमिरे (थानेश्वर)ले आफ्नो जन्म दिनको अवसर पारेर ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’का लागि १० हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।

महासंघले सञ्चालन गरेको आपतकालिन कोषमा पत्रकार घिमिरले जन्मदिनको अवसरमा १० हजार रकम सहयोग प्रदान गरेको महासंघ रुपन्देहीका सचिब बिनोद परियारले जानकारी दिनुभयो ।

जन्मदिनको अवसरमा विभिन्न सामाजिक काम गरर मनाउँदै आउँनुभएका घिमिरले यस वर्ष कोरोनाको समयमा पत्रकारहरुको सहयोगको लागि कोषमा रकम जम्मा गरेको बताउँनुभयो ।

जन्मदिन मनाउँदा फजुल खर्च गर्नुको सट्टा सामाजिक क्षत्रमा खर्च गर्न उँहाले शुझाब दिनुभयो । अहिले कोरोना महामारीले गर्दा पत्रकार जगत समस्यामा परेको उँहाले बताउँदै पत्रकारलाई थप सहयोग मिलोस भन्दै महासंघले सञ्चालन गरेको आपतकालिन कोषमा सहयोग गरेको बताउँनुभयो ।

पत्रकार घिमिरे साझा टेलिभिजनका स्टेशन म्यानेजर समेत हुनुहुन्छ । पत्रकार महासंघ रुपन्देहीले सञ्चालन गरेको ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’मा अहिलेसम्म करिब ८ लाख रकम जम्मा हुन आएको सचिब बिनोद परियारले जानकारी दिनुभयो ।

करिब १० लाखको कोष स्थापना गर्ने महासंघको लक्ष्य लिएको उँहाले बताउँदै जम्मा हुन आएको रकम मापदण्ड बनाएर उपचार तथा प्रभावित पत्रकारको लागि राहात वितरण गरिने बताउँनुभयो ।

कोषमा अहिले निजी ब्यवसायी, सामाजिक संघ–सस्था, पत्रकार र विदेशमा रहेका नेपालीहरुले सहयोग गरेको महासंघ रुपन्देहीले जनाएको छ । महासंघ रुपन्देहीले ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ का लागि शाईन रेसुङ्गा डेभलपमेण्ट बैंकको खाना नं. ००१००१०००५०३३०००००१ सञ्चालन गरेको छ ।

Comment As:

Comment (0)