ओझेल भित्रका सचेतना अभियान
No icon

सरकार को सफलता वर्षकै सयौं को ज्यान जाने बुटवल पाल्पा सडकखण्ड सिद्धबाबा मा सुरुङमार्ग निर्माण हुँदै

सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देही र पाल्पाको सीमा सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको लागि ठेक्का आह्वान भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का आह्वान गरेको हो । जेठको २४ गतेसम्म ठेक्काको लागि निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।दुई लेनमा बन्ने सुरुङको लम्बाइ ११ सय २७ मिटर हुनेछ । यस्तै सुरुङभित्र कुनै समस्या भएमा बाहिरी सडकसँग लिङ्क गर्नको लागि तीन वटा सहायक सुरुङ हुनेछन् । सहायक सुरुङ डेढदेखि दुई सय मिटरसम्म लामा हुनेछन् ।सिद्धबाबाको सुरुङमार्ग ११ सय २७ मिटर लामो हुने भए पनि त्यहाँ संरक्षण र पहिरो रोकथामको लागि धेरै काम गर्नुपर्ने भएकाले २८ सय मिटर क्षेत्रमा काम गर्नुपर्ने देखिएको सडक विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिनुभयो ।सिद्धबाबा क्षेत्रमा निक्कै अप्ठ्याराे पहाड भएकाले सुरुङ निर्माणसँगै पहिरो रोकथाम र संरक्षणको काम पनि उत्तिकै चुनौतीपूर्ण रहेको नेपालको भनाइ छ ।सिद्धबाबामा सुरुङमार्ग निर्माणको लागि अर्थ मन्त्रालयले गएकाे वर्ष नै १० अर्ब रुपैयाँको स्रोत सुनिश्चितता गरेको थियो ।

Comment As:

Comment (0)