ओझेल भित्रका सचेतना अभियान
No icon

कञ्चन गाउँ पालिका अध्यक्ष क्षेत्री उपाध्यक्ष तरामु बाट गणतन्त्र दिवस को शुभकामना

 जेठ १५ । गणतन्त्र दिवसको अवसर मा कन्चन गाउँ पालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रि उपाध्यक्ष गोमा तरामुले गणतन्त्र दिवस को शुभकामना दिनु भएको छ उहाँ हरुले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

चौधौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष क्षेत्री र उपाध्यक्ष तरामु ले  संविधानले मौलिक हकका रूपमा जनताका आधारभूत अधिकारलाई सुनिश्चित गरिसकेका सन्दर्भमा तिनको प्रभावकारी कार्यान्वयन गर्दै विश्वव्यापी महामारी कोभिड–१९ को सङ्क्रमण पुनः तीव्र बनेकाले यसलाई नियन्त्रण गर्न नेपाल सरकारले विभिन्न सहर एवं जिल्लामा जारी गरेको निषेधाज्ञाका नियमको पालना गर्दै जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन आह्वान गर्नुभएको छ ।

उहाँलेले कन्चन गाउँ पालिका भित्र का सबै समुदाय लाई कोभिड १९ बाट बचेर घरमै बसि कोभिड नियन्त्रणमा सयोग गर्न समेत अनुरोध गर्नु भएको छ अध्यक्ष उपाध्यक्ष ले   यस ऐतिहासिक दिवसले सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्धन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प सार्थक बनाउन प्रेरणा तथा उर्जा मिलोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभएको छ ।

Comment As:

Comment (0)