
सामाजिक विकास डिभिजन रुपन्देही बाट उत्कृष्ट शिक्षक मा हरैया मा वि. का .प्र अ .मेघनाथ शर्मा छनोट
नेपाल शिक्षक महासंघ कन्चन का अध्यक्ष एवं नेपाल रास्ट्रिय शिक्षक सङ्गठन रुपन्देहीका पुर्व जिल्ला सदस्य तथा श्री हरैया मा.वि.का प्र.अ. श्री मेघनाथ शर्मा सामाजिक विकास डिभिजन कार्यालय रुपन्देही बाट उत्कृष्ट शिक्षकको रूपमा छनोट हुनु भएकोमा कञ्चन गाउँ पालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री ,उपाध्यक्ष गोमा तरामु मगर, प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेत , कञ्चन शिक्षा साखा प्रमुख रमेश भुसाल लगाएत कञ्चनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक एवम् अभिभावकहरुले शुभकामना तथा बधाई दिई रहनु भएकोछ। मेघनाथ शर्माले शिक्षा क्षेत्रमा केके काम गर्नु भयो भन्ने सम्बन्धमा सम्पूर्ण कुराहरु उल्लेख गर्न सम्भव नहोला तै पनि पेशागत हकहित लगाएत विद्यालयको समग्र विकासमा उल्लेखनीय भूमिका रहेका कुरा अविस्मरणीय छन् ।लुम्बिनी प्रदेश रुपन्देही जिल्ला को कञ्चनगाउँ पालिकाको वाड न ३ हरैया मा सन्चालित हरैया माध्यमिक बिधालय का प्राचार्य रहनु भएका मेघनाथ शर्मा त्विद्यालयक शिक्षक , विद्यार्थी, अभिभावक सबैको नजरमा राम्रो प्राचार्य को रुपले परिचित हुनुहुन्छ ।उहाँ लामो समय करिब ३१ बर्षदेखि शिक्षण पेशामा सोही विद्यालयमा कार्यरत हुनुहुन्छ ।शिक्षक महासंघ कञ्चन को अध्यक्ष उहाँ लाई मन नपराउने कमै होलान ।उहाँ सबैको लोकपृय हुनुहुन्छ ।उहाँ कञ्चन शिक्षक महासंघमा रहेर स्थानीय शिक्षकको हकहितको लागि लागीपर्ने , परेको बेला समस्या समाधान गर्ने उहाँको बानी रहेको छ । साना बालबालिका देखि वृद्ध सम्म ले रुचाउने मेघनाथ शर्मा कञ्चन मै बसोबास गर्नु हुन्छ । कञ्चन होस या समस्या भए सबै को हकहितको लागि उहाँ हंसिलो मुद्रा मा सबैलाई सहमतिमा ल्याउने कुशल व्यक्ति हुनुहुन्छ। गत साल महासंघ कै नेतृत्व गरेर स्थानीय स्तरका शिक्षक कर्मचारीहरूलाई लकडाउन ले मार पारेकोबेलामा बिधालयले तलब खुवाउन नसक्दा समेत बिधालय बाट शिक्षक निकाल्ने कुरामा कडा पहाड जस्तै अडिग भई उभिएर तलब खुवाउन र निकाली सकिएका शिक्षक कर्मचारीहरुलाई पुनः बिधालय मा बहाल गराउन उहाँको महत्त्वपूर्ण भुमिका रहेको थियो भन्ने कुरा धेरै बिधालय का शिक्षक कर्मचारी बताउंछन। ।साथै यो वर्ष पनि बाल शिक्षिका र विद्यालय कर्मचारीको तलब बृदिमा उहाँको उल्लेखनीय भूमिका रहेको कुरामा कुनै दुईमत छैन ।समग्र कञ्चनको शैक्षिक गतिविधीमा महत्वपूर्ण भूमिका निभाउनुको साथसाथै आफूले नेतृत्व गरिरहेको हरैया मा.वि.मा प्राविधिक शिक्षा सञ्चालनका साथै शैक्षिक गुणस्तर वृदिमा महत्वपूर्ण कदम चाल्दै विद्यालयलाई अब्बल बनाउने काममा अग्रसर हुनुहुन्छ ।लामोसमय सम्म शिक्षण पेसामा रहे पनि शिक्षा पेशासंगसंगै सामाजिक क्षेत्रमा समेत काम गर्न रुचि राख्ने एक अब्बल शिक्षकको रुपले परिचीत हुनुहुन्छ ।जुनसुकै समय पनि हँसिलो र सरल भाषामा बोल्ने उहाँ कञ्चनमा सबैको लोकपृय शिक्षकको रूपमा परिचित हुनुहुन्छ ।