ओझेल भित्रका सचेतना अभियान
No icon

ब्रिगेडियर शेरजंग थापा (महाबीर चक्र)


 —त्रिलोक सिंह थापा मगर
वीरहरुका पनि वीर महावीर चक्र पदबाट विभूषित स्कार्दुका नायक वा हिरोको नामले प्रख्यात गोर्खा
सैनिक ब्रिगेडियर शेरजंग थापा मगरको जन्म सन्ई.१९०७ अप्रिल १५ तारिखमा पाकिस्तानको एबटावाद
शहर (खैबर पाख्तुनाखा) मा भएको थियो । बाल्यकालमा यिनी भाग्सूधर्मशाला (हिमाञ्चल प्रदेश)को दाडीÞ
गाउँमा बसाई सरेका थिए ।
व्यक्तिगत विवरणः
भारत स्वतन्त्र भए पछि यिनी पहिलो गोर्खाली हुन जस्ले भारतीय सेनामा ब्रिगेडियर पदमा (सन १९५४)
पदोन्नती प्राप्त गरे । साथै भारतीय सेनाको दोश्रो उच्च वीरता पुरस्कार “महावीर चबm” पदकवाट (सन
१९४२) भारतीय गणतन्त्र दिवसको उपलक्ष्यमा विभूषित भए ।
ब्रिगेडियर शेरजंग थापाका बाजे हजुरबुबा सुबेदार बालकृष्ण खुन्द्रुङ थापा मगर नेपाल अधिराज्यको गोर्खा
जिल्लाको ताप्के गाऊँबाट भारतको धर्मशाला भाग्सूदाडीÞ गाऊँमा बसाई सरेका थिए । शेरजंग थापाको
बुबा आनरेरी क्यापटेन अर्जुन थापा मगर पहिलो विश्व युद्धमा प्रथम सरदार बहादुर जहाँगीर युद्ध पदकबाट
विभूषित योद्धा थिए ।
ब्रिगेडियर शेरजंग थापाले भाग्सू धर्मशालामा प्रारम्भिक एवं माध्यमिक शिक्षा हासिल गरे । यिनी
ईन्टरमिडियट कक्षामा भर्ना हुने भाग्सूधर्मशालाको पहिलो गोर्खा विद्यार्थी थिए । अध्ययन समाप्त गरे
पछि आफ्नो बाबु बाजेको पुस्तैनी पेशा सैनिक सेवा मन पराए । फलस्वरुप जम्मु कश्मीर राज्यको सेना
९क्तबतभ ँयचअभ० तत्कालिन “जम्मु कश्मीर राईफल्स” मा सन १९२८ मा भर्ना भए । सन १९३० मा
सेकेन्ड लेफ्टिनेन्टको पद भार ग्रहण गरे ।
आफ्नो कार्य क्षमता, लगनशीलता, मेहनत र दृढ ईच्छा शक्तिले गर्दा सन १९४६, १ जुलाईमा क्याप्टेन
पदमा, सन १९५०, १ जनवरीमा मेजर, सन १९५३, १ जनवरीमा ले. कर्णेल पद तथा सन १९५४, १
जनवरीमा ब्रिगेडियर पदहरुमा पदोन्नति प्राप्त गरे । आफ्नो कार्य क्षमता, कार्यशैली, सक्षम नेतृत्व, कठोर
अनुशासन, मेहनत तथा ईमान्दारीले गर्दा सैनिक सेवा अवधिमा महावीर चक्र पदक, जनरल सर्विस मेडल,
जम्मु कस्मिर क्लर्कस पदक, सैन्य सेवा पदक तथा भारत स्वतन्त्रता पदकहरुबाट विभूषित भए ।
सन १९६० मा सैनिक सेवाबाट सेवा निबृत्त भए पछि भाग्सू धर्मशालाको दाडीÞ गाऊँमा केही दिन र त्यस
पछि म्याकलोडगंज गाऊँमा शेष जीवन व्यतित गरे । सन १९९९, २६ फरवरीको दिन ९२ वर्षको उमेरमा
दिल्लीको सैनिक हस्पिटलमा उपचारको क्रममा उनको निधन भयो ।
समाज सेवाः
ब्रिगेडियर शेरजंग थापाले सैनिक जीवनबाट सेवा निवृत्तभए पछि रचनात्मक कार्यमा सदैव सक्रिय थिए
। आफ्नो शेष जीवन गोर्खा समाजको कल्याण कार्य र सामाजिक उत्थानमा अर्पण गरे । सन १९६२ देखि 
सन १९७० सम्म “हिमाञ्चल एण्ड पंजाव गोर्खा एसोसियसन ” भाग्सूको अध्यक्ष पदमा कार्यरत रहे ।
सन्१९६२ देखि १९७६ सम्म “अल इण्डिया गोर्खा एक्स सर्भिस मेन्स वेलफेयर एसोसिएसन”को अध्यक्षीय
कार्यभार सम्हालेका थिए । सन्१९६६ भन्दा पुर्व केही वर्ष सम्म “पंजाव सरकार सिविल एडवाइजर
काउन्सिलको सदस्य समेत रहे । “हिमाञ्चल प्रदेश एक्स सर्भिसमेन्स स्पेशल फण्ड” कमिटीका सदस्य (
पाँच वर्ष), आजादी रजत जयन्ती समारोह कमिटीका सदस्य समेत भएर क्रियाशिल रहे । सन्१९८२
जनवरी १७ तारिखमा यिनीको अध्यक्षतामा पहिलोपटक “मास्टर मित्रसेन साहित्य संगीत सभा ” संस्थाको
गठन गरियो । ओझेलमा परेका मास्टर मित्रसेन थापा मगरको साहित्य एवं सांगीतिक योगदानलाई
प्रकाशमा ल्याउने पहिलो समाजसेवी ब्रिगेडियर शेरजंग थापा नै थिए ।
स्कार्दुका नायक (हिरो) ः
ब्रिगेडियर शेरजंग थापाको जीवनको सबभन्दा चर्चित पक्ष हो स्कार्दुका नायक वा हिरो । भारत स्वतन्त्र
भए पछि पाकिस्तानका सेना र कवायलीहरु तथा जम्मु कस्मिर राज्यको सेनाको बीच युद्ध शुरु भई सकेको
थियो । त्यस बेला यिनी लद्दाख र लेह क्षेत्रमा जम्मु कस्मिर राईफल्स (छैठौं इन्फेटरी बटालिएन) का साथ
त्यहाँ कार्यरत थिए । गिलगित र लेहको बीच स्कार्दु भन्ने ठाउँ सामरिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण
थियो । अतः यिनलाई कर्णेलको पदमा पदोन्नती गरेर स्कार्दुको चौकी र किल्लाको रक्षा गर्न आदेश प्राप्त
भयो ।
सन्१९४७, २३ नोभेम्बरमा यिनीले लेह छोडेर आफ्नो पल्टनको साथ स्कार्दु तिर प्रस्थान गरे । भारी
हिमपातको समयमा पैदल हिडेर अन्दाजी ७५०० फिटको उचाईमा स्थित स्कार्दुको चौकीमा २ डिसेम्बर
१९४७ मा पुगे । त्यसबेला यिनको साथमा जम्मा २५० जवान सैनिक मात्र थियो । लेह लद्दाखलाई शत्रुको
आक्रमणबाट सुरक्षित राख्न स्कार्दुको चौकीको रक्षा गर्न सैनिक रणनीति अनुसार आवश्यक थियो ।
स्कार्दुचौकीमा पुग्ने बित्तिकै त्यस क्षेत्रको सुरक्षाका लागि आवश्यक तयारी गर्न थाले ।
त्यसै बेला सन्१९४८ फेब्रुअरी ११ तारिखमा पाकिस्तानको सेना तथा कवायलीहरुले स्कार्दु किल्ला
माथी भिषण आक्रमण ग¥यो । शत्रुले चारै तिरबाट यिनीहरुलाई घेरामा पारे । कर्णेल शेरजंग थापाले
आफ्नो सैनिकहरुको मनोबल बढाउदै ६ महिना भन्दा पनि बढि समय अवधी सम्म शत्रुको बिरुद्ध युद्ध
लड्दै गरे । ६ महिनाको लामो अवधीमा गोला, वारुद, खाद्यान्न, औषधी एवं अन्य आवश्यक सामानहरुको
कमी हुंदै गयो । तर कर्णेल शेरजंग थापा हतोत्साहित एवं निराश भएनन्। जंगलको झारपात खाएर पनि
आफ्नो २५० जना सैनिकहरुको भरमा स्कार्दुचौकी वा क्षेत्र तथा उनीहरु संग घेराबन्दीमा परेका २७०
जनागाउँलेहरुको जीवन रक्षाको लागि शत्रुको विरुद्ध युद्ध जारी राखेका थिए । उनी युद्ध पनि गर्ने र
कम्यूनिकेशन पनि आफै संचालन गर्दथिए ।
कर्णेल थापालाई धेरै आशा थियो हेडक्वाटरबाट थप राशन, गोला बारुद एवं सैनिकहरु आईपुनेछ । तर
अनिश्चित मौसम , भारी हिमपात तथा हावाको तिव्र वेगले गर्दा हवाई जहांजबाट थप सहायता समयमा
पुग्न सकेन । साथै पैदल बाटोमा चारै तिर शत्रुको सैनिकहरु, भारी हिमपात, अप्ठ्यारो मौसम, लामो
बाटोले गर्दा पनि थप मदत प्राप्त गर्न गाह्रो भयो । उता शत्रुले घेराबन्दी गरेको थियो ।
यस्तो विकट स्थितिमा पनि कर्णेल शेरजंग थापाले साहस एवं बीरताका साथ शत्रुको विरुद्ध युद्ध लडे ।
जम्मा ६ महिना ३ दिन सम्म उनी युद्ध लडे । साथै युद्धकलामा विश्वकिर्तिमान (रेकर्ड) लाई थापाले तोडे 
। भनिन्छ अफ्रिकामा कर्णेल थम्पसनले घेराबन्दीमा परेर जम्मा ६ महिना डेढ दिन मात्र शत्रुसंग लड्दा
उनको नाम गिनिज बुकमा दर्ता भएको छ । त्यसका लागि शेरजंग थापाको नाम पनि गिनिज बुकमा
उल्लेख हुनुपर्ने हो ।
निष्कर्षः
(क) “भारतीय एक्स गोर्खा सभिस मेन एसोसिएसन” ले ब्रिगेडियर शेरजंग थापाको नाम गिनिज बुकमा
दर्ता गराउन लेखापढी गर्नु पर्ने ।
(ख) जम्मु कश्मीर स्थित “गोर्खा एसोसिएसन” वा अन्य गोर्खा संस्थाले हरेक वर्ष ब्रिगेडियर शेरजंग
थापाको जन्म जयन्ती मनाएर उनको योगदान (स्कार्दुको नायक) बारेमा सार्वजनिक प्रचार प्रसार गर्नुपर्ने 
 

Comment As:

Comment (0)