ओझेल भित्रका सचेतना अभियान
No icon

नेपालकै पुनः निर्माणमा प्रतिबद्ध आविश्कारक–महावीर पुन

 


महावीर पुन, जसलाई प्रायः “नेपालको वायरलेस म्यान“ भनेर चिनिन्छ, एक दूरदर्शी व्यक्तित्व हुन् जसको प्रभाव आफ्नो मातृभूमिभन्दा टाढा फैलिएको छ। पश्चिम नेपालको दुर्गम गाउँ नांगीमा जन्मेका पुन शिक्षा र प्रविधिमा सीमित पहुँचमा हुर्केका थिए । यसलाई परिवर्तन गर्ने दृढ संकल्पले, उनले इलेक्ट्रोनिक्सको क्षेत्रमा उच्च शिक्षा हासिल गरे, अन्ततः नेब्रास्का विश्वविद्यालयबाट इन्जिनियरिङमा डिग्री कमाए। उनि नेपाली वैज्ञानिक तथा सामाजिक उद्यमी हुन् जसले नेपालका दुर्गम क्षेत्रहरूमा इन्टरनेट पहुँच पु¥याउने प्रयासका लागि विशेष गरी नेपाल वायरलेस नेटवर्किङ परियोजनासँगको आफ्नो कामबाट परिचित छन् ।
नेपाल फर्किएपछि विश्वका धेरै गाउँहरू, टाढा रहेका ग्रामीण क्षेत्रमा कनेक्टिभिटीको अभावले पुनलाई पिरोलेको थियो । अविचलित, उनले शिक्षा, स्वास्थ्य सेवा र आर्थिक विकासका लागि यसको परिवर्तनकारी सम्भावनालाई मान्यता दिँदै यी दुर्गम समुदायहरूमा इन्टरनेट पु¥याउने मिशनमा लागे। पुनको समाधान सरल थियो, उनले ग्रामीण क्षेत्रमा बिजुलीको अभावलाई हटाउन सौर्य उर्जाको शक्ति प्रयोग गर्दै सस्तो, अफ–द–सेल्फ उपकरणहरू प्रयोग गरेर वायरलेस नेटवर्कहरू निर्माण गर्न थाले । उनका प्रयासहरूले भौगोलिक अवरोधदेखि नोकरशाही अवरोधहरूसम्म धेरै चुनौतीहरूको सामना गर्नु प¥यो तर सीमान्तकृत समुदायहरूलाई उत्थान गर्ने प्रविधिको शक्तिमा उनको अटल विश्वासद्वारा प्रेरित पुन अडिग रहे ।
आफ्नो गैर नाफामुखी संस्था, नेपाल वायरलेस नेटवर्किङ प्रोजेक्ट मार्फत, पुनले ज्ञछण् भन्दा बढी दुर्गम गाउँहरूलाई इन्टरनेटमा सफलतापूर्वक जोडेको छन् । उनले सूचना र अवसरहरूमा पहुँच प्रदान गरे जुन समय अकल्पनीय रहेको थियो । उनको कामको उपलब्धिहरूले गाउँलेहरूलाई शैक्षिक स्रोतहरू पहुँच गर्न, टेलिमेडिसिन पहलहरूमा भाग लिन र ई–वाणिज्य उद्यमहरूमा संलग्न हुन सशक्त बनायो । 
उनलाई डिजिटल डिभाइडलाई अगाडी बढाएको अग्रगामी प्रयासहरूको मान्यतामा एसियाको नोबेल पुरस्कारको रूपमा वर्णन गरिएको “रेमन म्यागसेसे” पुरस्कार सहित धेरै प्रशंसाहरू कमाए । उनको कथाले नवाचारको परिवर्तनकारी शक्ति र राम्रो संसारको सपना देख्ने साहस गर्नेहरूको अदम्य भावनाको शक्तिशाली अनुस्मारकको रूपमा कार्य गर्दछ ।
राष्ट्र निर्माणमा जुटेका राष्ट्रिय आविश्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग हाम्रो गोरेटोका लागि कार्यकारी सम्पादक चन्द्रा थापा मगरले गरेका कुराकानीका केही अंशहरुः

विरगञ्जको कृषि औजार कारखाना सञ्चालन गर्न तपाईको आत्मकथा पुस्तक लिएर देशव्यापी रुपमा विक्री गर्ने योजना बनाउनु भएको छ त्यसबाट हामीले के अपेक्षा राख्न सक्छौ ?
अपेक्षा राखेर मात्र हुदैन यसमा साना किसानहरुको लागि सानो औजार बनाउने हो र सिक्दै जाने क्रममा अहिले नै ठुलो काम गरेर ठुलो  अपेक्षा राख्न हुदैन, ३÷४ वर्ष भित्रमा विस्तारै यस कम्पनीलाई विस्तार गर्दैै जाने सोँच छ । 
अहिले देशको अर्थतन्त्र एकदम नाजुक अवस्थामा छ यो बेला यहाँले एउटा उज्यालो दिपको परिकल्पना गर्नु भएको छ के यो सफल हुन सक्ला ?
नेपालको अर्थतन्त्रको ठेक्का मैले लिएको छैन, नेपालको  अर्थतन्त्र सुधार्ने ठेक्का सरकारको हो, मैले त बन्द भएको कृषि औजार कारखानालाई सञ्चलन गरेर विदेशबाट आयात हुने कृषि औजारहरुमा ५÷७ प्रतिशत भए पनि नेपालमै उत्पादन गर्न सकियो भने थोरै अर्थतन्त्रलाई टेवा पुग्न सक्छ भन्ने उद्देश्यले सहयोग गरेको हो । अहिले २÷३ सय जनाले रोजगार पाउन सक्लान् भन्ने हो पछि ठुलो बन्दै गयो भने ५÷७ सय युवाहरुले रोजगार पाए भने त्यो पनि अर्थतन्त्रलाई सानो सहयोग हुन्छ । 
नेपाललाई भोलिका दिनमा विकसित मुलुकमा हेर्न सक्ने आधारहरु के के छन् यहाँको नजरमा के देख्नु भएको छ ?
आधार त  विभिन्न पर्यटन विकासहरु छन् जस्तै, कृषि पर्यटन, हिमाल आरोहणको साहासिक पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक पर्यटन लगायत विभिन्न पर्यटनको विकास गर्नु पर्छ तर विकास गर्ने आँट कसैको छैन ।
नेपालमा पनि ठुला ठुला लगानी कर्ताहरु थिए उनीहरुको सहयोगमा पनि उद्योग सञ्चालन हुन सकिन्थ्यो नी अहिलेसम्म ढिला भएको अवस्था होइन र ?
किन ढिला हुने ३० वर्ष सम्म  त बन्द भएर बसेको थियो अबको ४÷५ महिना ढिला भएर के भयो त तैपनि कृषि औजार कारखाना अहिले चालु अवस्थामै छ । अर्काे कुरा ठुला ठुला उद्योगपतिहरुलाई सरकारले दिन पनि प¥र्यो र उद्योगपतिले निश्वार्थ भावनाले लिन पनि प¥र्यो । २०४९ सालमा निजीकरण गरेर उद्योगपतिलाई कारखाना हस्तान्तरण पनि गरेको हो  तर चलाउन नसकेर सरकारले फेरी फिर्ता लिएको थियो ।
तपाईलाई वैज्ञानिक पनि भन्छन् अबको १५÷२० वर्ष पछि नेपाललाई कस्तो रुपमा देख्न सकिएला ?
हेर्नुहोस् नेपालको भविश्य  के हुन्छ भनेर भन्न सकिदैन देशको अर्थतन्त्र सुधारर्ने प्रयास तिर सबै लाग्यो भने नेपाल रामैै्र बन्छ । अर्थतन्त्र सुर्धान नसक्ने, हावाको कुरा मात्रै गर्ने हो भने नेपाललाई कुनै पनि विदेशीले हडप्न पनि सक्छ किन भने अर्थतन्त्र सुर्धान भने देशमा अशान्ति हुन्छ चलखेल गर्नेहरुले मौका पाउँछन्  त्यसो भयो भने देश चौपत हुन्छ ।
तपाईले म्याग्दीमा वायरलेस इन्टरनेट जडान गर्न सफल हुनु भएको थियो त्यस्तै  कम खर्चमा  नेपाल भरी जडान गर्न सक्ने सम्भावना कतिको देख्नु हुन्छ ?
 त्यो कुरा पहिलाको हो जुन समय गाउँमा इन्टरनेट केही पनि थिएन त्यो अवस्थामा जडान गरेको थिए अहिले नयाँ प्रविधिको  विकासले फड्को मारेर  गाउँ गाउँमा इन्टरनेट र मोवाइल पुगिसकेको छ इन्टरनेट जडानहरु पहिलाको भन्दा कम खर्चमा मोबाइल कम्पनीहरुले २०औं गुणा राम्रो र सस्तो पनि भएको  हुनाले त्यो भन्दा सस्तो अहिलेलाई हुन सक्दैन र पछि भविष्यमा भन्न सकिदैन । 
तपाई जस्तो राष्ट्र सेवक व्यक्ति सांसद भएर सरकारको प्रतिनिधित्व गर्नु पर्छ भन्ने धेरैको चाहना छ राजनीतिमा जाने कतिको सम्भावना देख्नु हुन्छ ?
म राजनीतिमा जादैन कसैले पनि सम्भावना नदेखे हुन्छ ।
यहाँले देशव्यापी रुपमा पुस्तक  विक्री गर्ने क्रममा कति जना व्यक्तिलाई भेटेर कति पुस्तक विक्री गर्ने योजना बनाउनु भएको छ ? 
३ लाख  व्यक्तिलाई भेटेर ३ लाख पुस्तक विक्री गर्ने योजनाको साथै यो देशव्यापी रुपमा  नभएर पछि विश्व भरी हुनेछ । 
अन्त्यमा के भन्नुहुन्छ ?
राष्ट्र विकासमा टेवा दिन सबैले किताब किनि दिनुहोस् , यो पुस्तक बिक्री गर्ने अभियान मात्र होइन युवाहरुलाई यो पुस्तकको माध्यमबाट सोचाई परिवर्तन गर्ने प्रयास गरेको छु साथै आम नागरिकहरुलाई पनि यो मातृभुमि प्रति थोरै भए पनि  योगदान दिने चेतना र बानी बसोस्  भन्न चाहन्छु । 

 

Comment As:

Comment (0)