
संघर्षले दिएको सफलता
मेहेनती, लगनशीलता र इमान्दारीता भए व्यवसायमा राम्रै फड्को मार्न सकिने रहेछ भन्ने पाल्पाली छोरा विष्णु सारुले प्रमाणित गरेका छन् । उनले सानै उमेरबाट संघर्ष गर्न सिकेका थिए, त्यही संघर्षले आज उनको जीवनमा सफलताले शिखर चुमेको छ । २०४४ सालमा पाल्पा जिल्ला पुर्व खोला गाउँपालिका वडा नं २ जल्पामा जन्मेका सारु शिक्षित परिवारमा हुर्केका व्यक्ति हुन् । सारुको बुबा कर्ण बहादुर सारु गाउँकै स्कुलका असल शिक्षक भए पनि उनले त्यो स्कूलमा कक्षा ६ सम्म अध्ययन गरे थिए । त्यसपछि तानसेनको प्यारागन इंलिस बोर्डिङ्ग स्कुलमा केही वर्ष अध्ययन गरे लगतै तानसेनकै होराइजन इङ्गलिस बोर्डिङ्ग स्कुलबाट २०६० सालमा एस.एल.सी. उत्तिर्ण गरेका हुन् । पाल्पाको होराइजन बोर्डिङबाट २०६३ सालमा +२ गरेपछि बहुमुखी क्याम्पस मा बि.एस.सी. सम्म अध्ययन गरेका छन् ।
विष्णु सारुले ८÷१० कक्षामा अध्ययन गर्दा राम्रो इन्जिनिएर बन्ने लक्ष्य लिए पनि सोचे अनुसार आफ्नो इच्छा पूरा गर्न सकेनन् । समय र परिस्थितिले जीवनमा अर्काे मोड लिए पछि जीवन हाम्रो इशारामा होइन भाग्यको इशारामा चल्ने रहेछ भन्दै उनी इन्जिनिएर बन्न नसके पनि आज सफल उद्योगी बनेका छन् ।
२०६३ सालमा पाल्पाबाट बसाईसरी रुपन्देहीको खैरेनीमा स्थायी बसोबास गर्दै आएका सारु उद्योगी व्यवसायी मात्र होइन देवदह खैरेनीमा लुम्बिनी बोर्डिङ स्कुलको असल शिक्षक पनि हुन् । सारुले ११ वर्षसम्म असल शिक्षाको भूमिका निभाउदै आएकोले उनको अर्को परिचय पनि थपिएको छ । बुबा कर्ण बहादुरु सारुले २० वर्ष शिक्षकको जागिर गर्दा परिवार धान्न हम्मे हम्मे परेको तितो यथार्थ भोगेको हुनाले उनलाई आफ्नै व्यवसाय गर्नु पर्ने रहेछ भन्ने त्यो भोगाइले सिकाएको थियो ।
त्यसैले सारु शिक्षकको जागिरमा मात्र सिमित रहन चाहेनन् । यद्यपि उनले २०७१ सालमा एभरेष्ट वाटर इण्डष्टिज उद्योग र सारु ब्रदर्श फुड एण्ड वेवरेज उद्योग सञ्चालन गर्र्दै आएका छन् । सुरुमा १० लाख लगानीबाट सञ्चालन गरेको एभरेष्ट वाटर उद्योग अहिले ३ करोड सम्मको लगानी पुगेको छ । यो ३ करोड यही उद्योगबाट आम्दानी गरेका हुन् । उनले उद्योगमा विभिन्न मापदण्ड र थुप्रै प्रक्रिया पुरा गरी २०० मिटर तलबाट पानी उत्पादन गरेका छन् । यो एभरेष्ट कम्पनीको पानी रुपन्देही र नवलपरासी जिल्ला भित्र सबै ठाउँमा पुगेको छ । अरु कम्पनीको दाँजोमा एभरेष्ट कम्पनीको उत्पादन ब्राण्ड रहेको हुनाले थुप्रै कम्पनीसँग प्रतिस्प्रस्र्धामा जाँदा पनि ग्राहकहरुको चाहना र माग अनुसार बजारमा बढी खपत भएको सञ्चालक विष्णु सारुले बताएका छन् ।
सारु मगर व्यासायमा सफल भए पछि व्यवसायीक अनुभव, संघर्ष, इमान्दारी र खुशीको अनुभुतिले उनलाई हौसला बढाएको थियो यद्यपि उनले २०७६ सालमा अर्को व्यवसाय सारु ब्रदर्श फुड एण्ड वेवरेज उद्योग सञ्चालन गरेका छन् । यो उद्योगमा पनि एक करोड भन्दा माथि लगानी लगाई सकेको बताए । यसमा गुणस्तरीय र उच्च क्वालिटी अनुसार चिजबल्स, लेज र फ्रेन्की लगायत अन्य थुपै्र आइटमहरु बनाउने गर्दछन् । यी आईटमहरु नेपालको विभिन्न जिल्लाहरुमा पठाउने गरेका छन् जस्तै बागलुङ, पर्वत,कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, प्युठान, अर्घाखाँची, धादिङ, कपिलवस्तु, नवलपरासी, रुपन्देही लगायत थुप्रै जिल्लाहरुमा पुगेको छ । यी दुई वटा उद्योग व्यवसाय सञ्चालन गर्दा आई पर्ने चुनौतीहरु चिर्दै आज यो स्थानसम्म आइ पुग्न विष्णु सारुलाई पक्कै पनि सहज थिएन जहाँ संघर्षको मात्रा अधिक हुन्छ त्यहाँ भाग्य पनि झुक्न बाध्य हुन्छ भन्ने भनाई साँचो रहेछ जे काम गरे पनि सारुलाई सफलताले सधै पछ्याई रहेको हुन्थ्यो । उनले अहिलेसम्म गरेको व्यवसायीक अनुभव तथा संघर्षबाट पाएको सफलताले आज जीवनमा खुशी र उत्साहले भरिएको छ । अहिले देशमा आर्थिक मण्दी छ व्यवसायीहरु आर्थिक मारमा परेका छन् । यो अवस्थामा तपाईको व्यवसायलाई पछिसम्म टिकाई राख्ने आधारहरु के देख्नु भएको छ भन्ने प्रश्नमा सारु भन्छन् आर्थिक त मुख्य पाटो नै भयो त्यसमा पनि बजार व्यवस्थापन र गुणस्तरमा ध्यान दिन सकियो भने व्यवसायलाई निरन्तरता दिएर पछिसम्म टिकाइ राख्न सकिन्छ भन्दै सारुले १० वर्षे व्यवसायीक अनुभवले राम्रो पाठ सिकाएको छ भन्छन् । दैनिक युवाहरु विदेश पलायन हुँदा विष्णु सारुले आफ्नै देशमा उद्योगी व्यवसायी बनेर १८÷२० जनालाई रोजगार दिइरहदा युवाहरुको लागि उदाहरणीय व्यक्ति बनेका छन् ।
नेपालबाट दैनिक विदेश पलायन हुने युवाहरुलाई विष्णु सारुले सोच बदल्नुहोस आफ्नै देशमा व्यवसाय गर्न सिक्नुहोस्, व्यवसायमा धैर्यता मेहनेती र निरन्तरता दिन सकियो भने एक दिन अवश्य पनि सफल भइन्छ भन्ने सुझाव दिएका छन् । उद्योग व्यवसाय लगायत थुप्रै संघ संस्थामा आवद्ध भएका सारुले आगामी दिनमा यो व्यवसायलाई निरन्तरता दिने साेंचका साथै भविष्यमा भावि पुस्तालाई व्यवसाय हस्तान्तरण गर्ने योजना रहेको बताएका छन् ।