ओझेल भित्रका सचेतना अभियान
No icon

मेहेनत र इमान्दारले व्यवसायमा फड्को मादैं–विकास सारु

 


चुनौती नै सफलताको पहिलो खुड्किलो हो भन्ने मान्यता राखेका विकास सारु तानसेन नगरपालिका ९ मदनपोखरा छापमा जन्मेका हुन । मानिसको जिन्दगी एउटा बालापनबाट शूरु हुदै अनेकौ उतार चढाव र आरोह अवरोह पार गरी संघर्षपूर्ण यात्राबाट सफलता हात पारेको हुन्छ त्यही संघर्षबाट सफलताको शिखर चुमेका व्यक्ति हुन विकास सारु ।
२०४८ सालमा तानसेनको मदनपोखरामा जन्मे पनि सारुको बालापन बुटवल मोतीपुरमा वितेको थियो । उनी ५ वर्षको उमेरमा मोतिपुरको भुडकैयामा बसाई सराई गरेपछि कक्षा ५ सम्म नहपुर मा.वि.मा अध्ययन गरेका थिए त्यस लगत्तै रुपन्देही मोतिपुरको एभरग्रीन पब्लिक स्कुलबाट एस.एल.सी उत्र्तिण गरेका हुन् । एस.एल.सी पछि तिलोत्तमामा योगिकुटीको मणिमुकुन्द  क्याम्पसबाट +२ सम्मको अध्ययन गरेका सारुले आफ्नो सहोदर साथीहरु भारतीय सेनामा लाहुरे हुने र विदेश पलायन हुने प्रवृति बढ्दो भए पनि विकास सारुलाई भने आफ्नै  देशमा व्यवसाय गर्ने हुटहुटी  चलेको थियो । 
त्यस पछि  सारुको मनमा  पढेर भन्दा  केही गरेर जीवन जिउन सिक्नु पर्छ भन्ने  सोँचले बुटवल १९ मोतिपुरमा  आफ्नै कन्ट्रक्सन सप्लायर्स व्यवसाय सञ्चालन गरेका हुन् । २०७६ सालमा साथी सरोज बस्यालसँग २० लाखको लगानीमा  नव सगरमाथा सप्लायर्स सञ्चालन गरेको व्यवसाय अहिले १ करोड पचास लाखसम्म  लगानी पुगेको छ । यो लगानी यही व्यवसायबाट आम्दानी गरेका हुन् । सारुको व्यवसायमा सप्लायर्स गर्ने सामानहरु आफ्नै कम्पनीको धोएको बालुवा, इट्टा, ट्वाइलेट रिङ, ड्रागन फ्रुटको पोल, बाटो पिचको ठेक्कापट्टा, इन्टरलक ब्लकका  विभिन्न साइज र डिजाइनहरु लगायत विभिन्न सप्लायर्सका व्यवसाय गरेका छन् ।
 उनको सामानहरु कपिलवस्तु, पाल्पा, स्याङ्गजा, रुपन्देही,नवलपरासी लगायत थुप्रै जिल्लाहरुमा पुगेको छ । सारुको कम्पनीमा जुनसुकै सामान भए पनि टिकाउ र उच्च गुणस्तरीय पाइने हुँदा अरुको व्यवसायमा भन्दा उनको व्यवसायमा ग्राहकहरुको  चाप बढ्दो छ । विकास सारुले आफ्नो कम्पनीमा आउने ग्राहकहरुको मन यत्तिकै जितेका छैनन्, उनको मिठो बोली, सबैसँग मिलनसार भद्र व्यवहार, ग्राहकसँग बोल्ने शैली र व्यापार गर्ने पोलिसी राम्रै सिकेका छन् र उनलाई यो व्यवसायले राम्ररी सिकाएको पनि छ ।
यो व्यवसाय गर्दा आइपर्ने थुप्रै चुनौती भए पनि त्यसलाई चिर्दै र पार गर्दैै आज यो स्थानसम्म आइपुग्न सारुलार्इँ पक्कै पनि सहज थिएन, यद्यपि व्यवसायमा लागेपछि संघर्ष, धैर्यता, मिहनेत गर्न सकियो भने व्यापारमा रामै्र फड्को मार्न सकिन्छ भन्ने आजसम्मको व्यवसायिक अनुभव र भोगाईले सिकाएको बताए । 
यो व्यवसायमा कतिको प्रतिस्पर्धामा जानुपर्छ भन्ने प्रश्नमा उनी भन्छन् नेपालमा अहिलेसम्म जति कन्ट्रक्सन व्यसाय हुनु पर्ने हो त्यसको ३० प्रतिशत पनि भएको छैन अझै ७० प्रतिशत हुन बाँकी नै छ यो क्षेत्र भनेको निकै फराकिलो क्षेत्र हो त्यसैले खासै प्रतिस्पर्धा हुन्छ भन्न मिल्दैन यसमा आफ्नो व्ययापार कसरी गर्ने र आफ्नो व्यापारिक क्षेत्र बढाएर कसरी फराकिलो बनाउने भन्नेमा भर पर्छ त्यसकारण धेरै प्रतिस्पर्धा गर्न नपरे पनि कुनै बेला प्रतिस्पर्धामा जानु पर्ने पनि हुन्छ । व्यवसाय गर्ने क्रममा राज्य प्रति केहि गुनासो छ कि भन्ने प्रश्नमा उनी भन्छन् हामी व्यवसायीहरु राज्यबाट मार मै परेका हुन्छौ राज्यको नीति नियम निर्धारण भए पनि व्यवहारमा कार्यान्वयन हुदैन । हामी व्यवसायीहरुले कर्मचारी देखि लिएर स्थानीय तह सम्मलाई खुशी पार्नु पर्ने त्यो माहोल हटेर जाओस र सहुलियत रुपमा रोयल्टी र करको उचित मुल्य दर कायम गरी व्यवस्थित गरिदिन अनुरोध गर्दै स्थानीय सरकारलाई गुनासो पोखेका छन् । उनले सञ्चालन गरेको कम्पनीमा २० जना युवाहरुलाई रोजगार दिएर ति युवाहरुको जीवन स्तर माथि उठाउने काम गरेका छन् । नेपालबाट दैनिक विदेश पलायन हुने युवावर्गहरुले आफ्नै देशमा केहि गरौ भन्ने भावना लिएर कृषि देखि विभिन्न क्षेत्रको व्यवसायहरुमा जस्ले जे काम जानेको छ त्यसैमा आत्मनिर्भर बढ्न सकियो भने हाम्रो देश नेपाल पनि अन्य मुलुकमा जस्तै विकसित बन्न सक्छ भन्ने विकास सारुको कथन छ । यो कन्स्ट्रक्शन व्यवसाय ठुलो क्षेत्र भएको हुनाले त्यही अनुसार अझै विस्तार गर्दै लैजाने योजनाको साथै पछि सम्म यसलाई निरन्तरता दिने सोँच बनाएका छन् ।

Comment As:

Comment (0)