ओझेल भित्रका सचेतना अभियान
No icon

राजस्थान रोयल्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोर तालिकाकाे शीर्ष स्थानमा

असाेज १८, अाइतबार।

युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा गएराति रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ । रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थानलाई ८ विकेटले पराजित गर्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

शेख जायद स्टेडियम आबूधाबीमा पहिले बैटिङ्ग गरेकाे राजस्थानले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको थियो । राजस्थानका लागि महिपाल लोमररले सर्वाधिक ४७ रन बनाए भने जोस बट्लरले २२ रन जोड्दा कप्तान स्टिभ स्मिथ ५ रनमा आउट भए ।यस्तै, रोबिन उथप्पा १७ रनमा आउट हुँदा रियान परागले १६ रन जोडे । राहुल टेवाटियाले अविजित २४ रन जोड्दा जोफ्रा आर्चरले अविजित १६ रन बनाए ।

 बैंगलोरका युजभेन्द्र चाहलले ३ विकेट लिए । इसुरु उडानाले २ र नाभदिप सैनीले १ विकेट लिएका थिए।

 १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १९. १ ओभरमा २ विकेटको क्षतिमा भेटाएको थियो । बेंगलोरको जितमा कप्तान विराट कोहली ५३ बलमा ७ चौका र २ छक्का सहित ७२ रनमा अविजित रहे । पाडिक्कल ४५ बलमा ६ चौका र १ छक्का सहित ६३ रनमा जोडेका थिए । फिंचले ८ रन बनाएका थिए भने एबी डिभिलियर्स १२ रनमा अविजित रहे ।

राजस्थानका श्रेयस गोपाल र जोफ्रा आर्चरले एक एक विकेट लिए ।

 

Comment As:

Comment (0)