ओझेल भित्रका सचेतना अभियान
No icon

चेन्नाई सुपर किंग्सकाे शानदार जित, किंग्स इलेवन पञ्जाब १० विकेटले पराजित

असाेज १९, साेमबार।

युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा गएराति भएको खेलमा चेन्नई सुपर किंग्सले किंग्स इलेवन पञ्जाबलाई १० विकेटले पराजित गरी शानदार जित हासिल गरेको छ । चेन्नईको सिजनको यो दोस्रो जीत हो ।

दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो ।  पन्जाबका लागि केएल राहुलले सर्वाधिक ६३ रन बनाए । यस्तै, मयंक अग्रवालले २६, मन्दिप सिंहले २७ र निकोलस पुरनले ३३ रन बनाए । यसैगरी नटआउट हुँदै ग्लेन म्याक्सवेलले ११ र सर्फराज खानले १४ रन जोडे ।

बलिङतर्फ शार्दुल ठाकुरले २ तथा रविन्द्र जडेजा र पियुष चावलाले १–१ विकेट लिए ।

पञ्जाबले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य पछ्याउने क्रममा नटआउट रहँदै ओपनर शेन वाटसनले ८३ तथा फाफ डुब्लेसिसले ८७ रनले बनाउँदै १८१ रनको साझेदारी गरे । चेन्नईका लागि पहिलो विकेटका लागि गरिएको यो सबैभन्दा ठूलो साझेदारी हो ।  वाटसनले ५३ बलमा ११ चौका र ३ छक्काको मद्दतमा ८७ रन बनाए । यसैगरी प्लेसिसले पनि ५३ बलमा ११ चौका र १ छक्काको मद्दतमा ८३ रन बनाए ।

याे सँगै पन्जाबको याे सिजनकाे चौथो हार हो।

चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले फेरी अर्को कीर्तिमान बनाएका छन् । उनी आईपीएलमा १ सयवटा क्याच लिने दोस्रो विकेटकिपर बनेका छन् । उनीभन्दा अघि कोलकाताका कप्तान दिनेश कार्तिक मात्र रहेका छन् । उनले १ सय ३ क्याच लिएका छन् ।

Comment As:

Comment (0)