ओझेल भित्रका सचेतना अभियान
No icon

अन्जन र नवयुगकाे गाेलमा नेपालले चाइनिज ताइपेइमाथि २-० सहज जित

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइमाथि २-० सहज जित हात पारेको छ।

कुबेतमा जारी उक्त खेलमा नेपालले तेस्रो मिनेटमा नै अन्जन विष्टकाे पेनाल्टी प्राप्त मार्फत अग्रता बनाएकाे थियो । उनको यो जारी विश्वकप छनोटमा तेस्रो गोल हो।

बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले नेपालको अग्रता दोब्बर पारेका थिए । अन्जन विष्टको पासमा सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमा नै गोलमा परिणत गर्दै नेपाललाई २-० ले अघि बढाएका थिए ।

यस जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ । नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ ।

नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ । जितविहिन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन ।

अष्ट्रेलियाले ४ खेलमा १२ अंक जोड्दा जोर्डन र कुवेतको ५/५ खेलमा समान १०/१० अंक रहेको छ । आज हुने दोस्रो खेलमा अष्ट्रेलिया र कुवेतले प्रतिस्पर्धा गर्दैछन् ।

यसअघि इराकसंग भएकाे खेलमा नेपाल ६-२ ले हार व्यबहर्नु परेकाे थियाे।

Comment As:

Comment (0)