
कञ्चन गाउपालिका स्तरीय प्रथम उपाध्यक्ष कप महिला भलिबल तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरू
रुपन्देहीको कञ्चन गाउपालिका स्तरीय प्रथम उपाध्यक्ष कप महिला भलिबल तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता अाजबाट शुरू भएकाे छ । कञ्चन गाउँपालिकाकाे वाड न २ गजेडी बजारकाे खेल मैदानमा शुरू भएकाे उक्त कार्यक्रमकाे उद्घाटन कञ्चन गाउँपालिका उपाध्यक्ष गोमा तरामुले गर्नु भएकाे छ ।
कार्यक्रममा प्रमुख अतिथि कञ्चन गाउँपालिका उपाध्यक्ष गोमा तरामुले उद्घाटन कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाका भित्र महिलाका हरेक पक्ष बिकास सँगसँगै खेलकूदलाइ पनि प्राथमिकतामा राखेको बताउनु भयाे । उहाँले खेलकदकाे क्षेत्रमा दक्ष बनाउन आयोजकले खेल आयोजना गरेर आफ्नो खेल प्रदर्शन गर्ने मौका दिएकोमा सबैलाई धन्यवाद दिनु भयोे । त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि कञ्चन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेत, वाड न १ का वाड अध्यक्ष हरिनारायण थारु, २न का वाड अध्यक्ष शेरबहादुर थारु, वाड न ३अध्यक्ष नगेन्द्र बहादुर लामिछाने वाड न ४ काँ अध्यक्ष दुर्गा क्षेत्री वाड न ५ का अध्यक्ष कृष्ण प्रसाद अधिकारी कञ्चन कार्यपालिका सदस्य रेनु कुँवर ,कञ्चन जेसिज अध्यक्ष राधिका चौधरी , लगाएतले कार्यक्रमलाइ शुभकामना दिनु भएको थियोे ।
संगम स्पाेर्टस्् कल्वकाे अायाेजनामा कञ्चन गाउपालिका स्तरीय उपाध्यक्ष महिला भलिबल कपमा प्रथम पुरस्कार ३० हजार, दाेस्राे पुरस्कार २० हजार, तेस्राे पुरस्कार ५ हजार र सान्त्वना पुरस्कार पनि ५ हजार रहेकाे छ । त्यसैगरी खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, दाेस्राे पुरस्कार २५ हजार, तेस्राे पुरस्कार ५ हजार र सान्त्वना पुरस्कार पनि ५ हजार रहेकाे छ
कार्यक्रममा पुरुष भलिबल खेलमा रुपन्देही, पाल्पा, कपिलवस्तु,अर्घाखाँची, गुल्मी, बाग्लुङ, पर्वत, रुकुम, रोल्पाका विभिन्न पालिकाका खेलाडीहरूको ३२ टिमको सहभागीता रहेको छ भने कञ्चन गाउँपालिका स्तरीय उपाध्यक्ष महिला भलिबल खेलमा ९ टिम को सहभागी रहेको छ । कार्यक्रममा कञ्चन भित्रका विभिन्न संघ संस्था राजनीतिक द्ल बुद्धिजीवी सञ्चारक्रमीहरूको उपस्थिति रहेकाे थियाे । पहिलो दिन महिला भलिबलमा आयोजक बी र हरैया माध्यमिक बिधालय बिचको खेल लगातार दुई सेट जितेर हरैया माध्यमिक बिधालय जित आफ्नो हात पारेको थियोे भने पुरुष भलिबलमा कञ्चन ४ वरपिपल र सैनामैना वनकट्रटा बिच भएको खेलमा वरपिपले लगातार दुई सेट जितेर अगाडिको यात्रा तय गरेको छ ।
खेल मंसिर २८ गते देखि पुस ३ गते सम्म सन्चालन हुने छ भने कार्यक्रमको अन्तिम दिन स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुत हुने आयोजकले जनाएको छ । साे कार्यक्रमकाे अध्यक्षत्ा क्लब का अध्यक्ष सन्त बहादुर रानाको रहेको थियोे । त्यसैगरी स्वागत बिष््णु बुढाले गर्नु भएकाे थियाे भने कार्यक्रमको सन्चलान देव बहादुर थापाले गर्नु भएको थियोे